बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

धनकुटामा जन्ती बस दुर्घटना, चालकको मृत्यु

बुधबार, १५ वैशाख २०७३, ११ : ०७
बुधबार, १५ वैशाख २०७३

इटहरी - धनकुटा जिल्लाको जितपुरबाट जन्ती लिएर इटहरीतर्फ आउँदै गरेको को १ ख २९३२ नम्बरको बस आज बिहान धनकुटा नगरपालिका–३ को आत्मारामा दुर्घटना हँुँदा बस चालक धरान–१५ निवासी विजय लामिछानेको घटनास्थलमा नै मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । उनी च्यापिएको अवस्थामा मृत फेला परेको ट्राफिक प्रहरीले बताएको छ । अहिले सडक अवरुद्ध छ । सो घटनाका दुई पुरुष र तीन महिला घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक सुरेन्द्र खड्काले जानकारी दिए । अन्य जन्ती केही सामान्य घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप