शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘कांग्रेसका नेता समक्ष कसरी द्वन्द्वका उजुरी दर्ता गर्न जाउँ ?’

बुधबार, १५ वैशाख २०७३, ११ : ४८
बुधबार, १५ वैशाख २०७३

खोटाङ–वेपत्ता छानबिन आयोगले बैशाख २ देखि र सत्य निरुपण आयोगले बैशाख ५ देखि देशभरका स्थानीय शान्ति समिति मार्फत उजुरी आह्वान गर्यो तर खोटाङ्ग जिल्लामा भने बैशाख १४ गते मंगलबार सम्म २ वटा मात्र उजुरी उजुरी दर्ता भए । उजुरी आह्वान गरेको दुई हप्ता वितिसक्दा समेत न्यून संख्यामा उजुरी दर्ता हुनुको कारण हो– स्थानीय शान्ति समिति खोटाङ्गको कार्यालय सचिव प्रतिको अविश्वास । दुवै आयोगले स्थानीय तहमा उजुरी दर्ता गर्ने कार्यालय शान्ति समिति तोके पनि त्यसमा काम गर्ने कार्यालय सचिव प्रति द्वन्द्वपीडित परिवारको अविश्वासको कारण उजुरी हाल्न गएका छैनन् । २०६० साल भदौमा खोटाङ्गको चिसापानी गाविस वडा नं. ४ स्थित आफ्नौ घरमा बसिरहेका बेला स्थानीय कैलास कार्की र थिर बहादुर कार्कीलाई पक्राउ गरि हत्या गरे पनि अहिले पीडित परिवारका सदस्यहरु सो घटनाको उजुरी हाल्न नगएको मृतकका भाई श्यामसुदर कार्कीले बताए । कार्कीका अनुसार स्थानीय शान्ति समिति खोटाङ्गका कार्यालय सचिवले गर्ने व्यवहारको कारण उनी उजुरी दर्ता गर्न नगएका हुन् ।

उनले भने ‘द्वन्द्वका कयौं घटनामा तत्कालीन राज्यको तर्फबाट नेपाली कांग्रेसका नेताहरु विरुद्ध किटानीका साथ उजुरी हाल्नु पर्ने हुन्छ तर उजुरी दर्ता गर्ने स्थानमा नेपाली काग्रेसका नेता छन् कसरी उजुरी गर्न जाउँ ?’ घिमिरे गत माघमा सम्पन्न नेपाली काग्रेस खोटाङ्गको अधिवेशनबाट सबै भन्दा बढि मत ल्याएर सदस्य पदमा विजयी भएका नेपाली काग्रेस खोटाङ्गले जनाएको छ । नेपाली कांग्रेसको जिल्ला कमिटिको निर्वाचित सदस्य नै उजुरी दर्ता अधिकारी भए पछि तत्कालिन राज्यबाट पीडितहरु उजुरी लिएर जान नसकेको हुन सक्ने एकीकृत नेकपा माओवादीका अध्यक्ष देवान किराती (पृथ्वी) बताए । नेता पृथ्वीले भने ‘पीडितहरुले आफूले संकलन गरेका प्रमाण र सूचनाहरु बाहिर हुन सक्ने र पीडितको सुरक्षामा गम्भिर असर पर्नसक्ने भएकाले तत्कालिन राज्यबाट पीडितहरु पर्ख र हेरको अवस्थामा छन् ।’ सत्य निरुपण आयोग र वेपत्ता आयोगले शान्ति समितिका सचिवलाई उजुरी दर्ता अधिकारीको जिम्मेवारी दिए पछि आयोग र शान्ति मन्त्रालयले कुनैदल बिशेषमा रहेर काम गरेमा तत्काल बखास्त गर्ने मन्त्रालय स्रोतले जनाएको छ । खोटाङ्ग जिल्लामा शसस्त्र द्वन्द्वको क्रममा १३१ जना मृतक, दुई जना बेपत्ता र २९ जना घाईते अङ्गभङ्गले राहत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप