बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नविना बनिन् गोर्खाली फाउन्डेसनकी सद्भावना दुत

बिहीबार, १६ वैशाख २०७३, ०८ : ३६
बिहीबार, १६ वैशाख २०७३

वाशिंगटन डिसी–अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्थापित गैर–मुनाफा सामाजिक संस्था गोर्खाली फाउन्डेसनले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नविना बस्नेतलाई सद्भावना दुत बनाएको छ ।

सन् २००८ देखि अमेरिकामा रहँदै आएकी नविनालाई सामाजिक सेवामा अतुलनिय काम गर्दै आएको गोर्खाली फाउन्डेसनको परियोजना तथा प्राप्तिलाई मुख्य प्रवद्र्वन तथा सद्भाव पुरेयाउनु सद्भावना दुत नियुक्त गरेको हो । र, गत हप्तादेखि बस्नेत सद्भावना दुत बनेकी हुन् ।

नयाँ सद्भावना दुत घोषणा भएपछि खुसी व्यक्त गर्दै बस्नेतले प्रतिष्ठानको प्रवद्र्वन गर्न कुनै कसर नछोड्ने बताईन । उनले भनिन्, ‘फाउन्डेसनले सोचेकोभन्दा अझ रामो काम गर्ने प्रतिबद्धता जाहेर गरिन् ।’

गोर्खा फाउन्डेसनको सद्भावना दुत हुन पाउँदा खुसी लाग्नु स्वाभाविक हो भन्दै भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा समेत फाउन्डेसनको ख्याती वृद्धि गर्न कम्मर कसेर लाग्ने बताइन् । यसको लागि आफूलाई दिएको उत्तरदायीमा काम गर्ने कुरामा आफु पूर्ण रुपमा मानसिक रुपमा तयार भएको बताईन् ।

उनले भनिन्, ‘हाम्रो मुख्य जोड भनेको गोर्खाको बारपाक हो । यसको लागि काम गरिरहेका छौँ, आगामी दिनमा बारपाक क्षेत्रमा पाठशाला तथा अन्य विविध कुरामा काम गर्ने बताईन् । नविनाले आफ्नो आदर्श माइती नेपालकी संचालक अनुराधा कोइराला भएको बताईन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप