बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बानेश्वरको गोदाम घरमा एक्कासी आगलागी

बिहीबार, १६ वैशाख २०७३, ०८ : ५८
बिहीबार, १६ वैशाख २०७३

काठमाडौं–बानेश्वरस्थित थापा गाउँमा रहेको चारतले घरको गोदाममा आगलागि भएको छ । आगो बिहान साढेसात बजेबाट लागेको हो ।

दमकल, प्रहरी र स्थानीयबासीले आगोलाई नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छन् । तर, आगो भुँइ तलामा लागेको कारण नियन्त्रणमा ल्याउन गाह्रो परेको छ । बानेश्वर प्रहरीले फोहोर मैला बालेको कारण आगालागी भएको हुनसक्ने अनुमान गरेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनमोल क्याटरिङ अगाडि रहेको उक्त घरमा विभिन्न पेशाका मानिसहरु काम गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप