बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलेसियामा अब नेपालीका लागि निःशुल्क कानुनी सेवा

बिहीबार, १६ वैशाख २०७३, ०९ : ०५
बिहीबार, १६ वैशाख २०७३

क्वालालम्पुर–मलेसियास्थित नेपाली राजदूतावासले एक जना कानुन व्यवसायी (वकिल)को व्यवस्था गरेको छ । मलेसियाका विभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली श्रमिकको तर्फबाट वकालत गर्न कानुन व्यवसायीलाई नियूूक्त गरिएको नेपाली राजदूतावास क्वालालम्पुरले जनाएको छ । कानुन व्यवसायीलाई एक बर्ष समय अवधीको लागि नियुक्त गरिएको राजदूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अध्यागमन कानुनको अवज्ञा गरेका तथा अन्य अपराध गरी जेल सजाय पाएका र जेल सजाय काटी सकेर डिटेन्सन क्याम्पमा रहेकाहरुको मुद्दा अब कानुन व्यवसायीमार्फत अगाडि बढाइने छ । सन् २००३ मा मलेसियामा नेपाली राजदूतावास स्थापना भएपछि कानुन व्यवसायीलाई नियुक्त गरिएको यो पहिलो पटक हो । अब मलेसियामा मुद्दा झेलिरहेका कुनैपनि नेपाली श्रमिकको तर्फबाट वकालत गर्नुपरेमा नवनियुक्त कानुन व्यवसायीले गर्ने छन् ।

यहाँ रहेका कोहि पनि नेपालीमाथि, मुद्दा मामिला परेको खण्डमा सोझै नेपाली राजदूतावासमा गई निवेदन र आवश्यक पर्ने अन्य कागजातहरु पेश गर्न सकिने छ । यसअघि स्थानिय कानुन व्यवसायीमार्फत वकालत गर्नुपर्दा महङो शुल्क तिर्नुपर्ने बध्यता थियो । अब भने कानुन व्यवसायीलाई कुनै शुल्क तिर्नुपर्दैन । निःशुल्क कानुनी सेवा तथा परामर्श पाउन सकिने नेपाली राजदूतावासले जानकारी दिएको छ । राजदूतावास स्रोतका अनुसार अहिलेपनि मलेसियाका विभिन्न जेल तथा डिटेन्सन क्याम्पमा गरी झन्डै ६ सय नेपाली छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप