पेट्रोल पम्प सञ्चालक पक्राउ
गौशाला– महोत्तरी प्रहरीले बुधबार साँझ जिल्लाको रामगोपालपुर गाविसबाट एक पेट्रोल पम्प सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामगोपालपुर–७ मा महालक्ष्मी आयल स्टोर्स सञ्चालन गर्दै आएका सञ्चालक जिल्लाको औरही–५ बस्ने मुकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा गएको नापतौल अनुगमन टोलीले रामगोपालपुर–७ स्थित महालक्ष्मी आयल स्टोरमा मापभन्दा कम मात्रामा पेट्रोलियम पदार्थ बिक्री–वितरण गरेको भन्दै सो पम्पका सञ्चालक चौधरीलाई पक्राउ गरेको छ ।
अनुगमन टोलीले सो पम्पबाट पाँच लिटर पेट्रोलमा १९० मिलिलिटर र पाँच लिटर डिजेलमा ११० मिलिलिटर कम माप भएको पाएपछि उनलाई पक्राउ गरिएको सहायक प्रजिअ थापाले बताए ।
पेट्रोलियम पदार्थ कम तौल गरी बेचेर ठगी गर्दै आएका पम्प सञ्चालक चौधरीमाथि प्रहरीले ठगी मुद्दा चलाई आवश्यक कारबाही अगाडि बढाइसकिएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण