घर बनाइदिने भन्दै ठगी गर्ने पक्राउ
राजविराज– मुस्लिम सुकुम्वासी आयोगको नामबाट सप्तरीमा सर्वसाधारणसँग रकम ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मुस्लिम सुकुम्वासी आयोगको म उपाध्यक्ष हुँ भनी सर्वसाधारणबाट रकम ठगी गर्ने सप्तरीको दिगुवा–३ का ४५ वर्षीय तफेजुल मोहमद र सप्तरीकै डाँडा–५ का २८ वर्षीय अब्दुल रहमानलाई प्रहरीले बुधबार पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए । उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाले सप्तरीको छुट्टाछुट्टै गाउँघरमा गई मुस्लिम सुकुम्वासी आयोगका पदाधिकारी हौं भनी कुवेतको सहयोगमा आएको योजनाबमोजिम दुई÷दुई ओटा घर, भान्साघर र शौचालय बनाइदिने भन्दै प्रत्येक व्यक्तिबाट रु दुई हजारका दरले रकम ठगी गरेको प्रहरी निरीक्षक महतले जानकारी दिए ।
सो ठगीमा परेका सप्तरीको कञ्चनरुप नगरपालिकासहित जिल्लाको डेढा गाविसका करिब एक दर्जन व्यक्तिले इलाका प्रहरी कार्यालयमा दुवै जनाविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण