मैदानमै जिदानको पाइन्ट च्यातिएपछि...
च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत पहिले लेगमा म्यानचेस्टर सिटीसँग रियालले उसैको घरेलु मैदानमा गोलरहित बराबरी खेल्यो । यस बराबरीपछि रियाल आफ्नो घरमा सिटीलाई हराउँदै फाइनल यात्रा तय गर्ने दाउमा छ ।
खेलमा रियालले अन्त्यतिर उत्कृष्ट खेल्दै सिटीलाई उसैको मैदानमा दबाब दिएको थियो । रियाललाई पछिल्लो समय उत्कृष्ट लयमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रशिक्षक जिदान टचलाईन बाहिर टोलीलाई हतार हतारमा निर्देशन दिइरहेको अवस्थामा देखिन्थे ।
टोलीलाई त्यसरी हतारमा निर्देशन दिने क्रममा जिदानको पाइन्ट नै च्यातिएपछि अहिले सामाजिक सञ्जालमा उनको फोटो भाइरल बनेको छ । यसअघि उल्भ्सवर्ग विरुद्धको खेलमा पनि जीदानको पाइन्ट यसरी नै च्यातिएको थियो । टचलाईनमा सिटीका प्रशिक्षक म्यानूयल पिलिग्रिनी भने शान्त देखिन्थे । तर, भर्खरै रियालको जिम्मेवारी सम्हालेका जिदान केही हतारोमा थिए । रियाल म्याड्रिड खेलमा क्रिष्टियानो रोनाल्डो बिना नै उत्रिएको थियो । त्यस्तै अर्का स्टार स्टाइकर करिम बेन्जामाले पनि पुरै समय खेल्न पाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
-
लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
-
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण