चारजना प्रहरीलाई फिर्ता बोलाइयो
बिहीबार, १६ वैशाख २०७३, ०९ : २४
कञ्चनपुर– डोटीमा हतियारसहित भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटनामा लापर्वाही गरेको भन्दै पश्चिमी सिमा नाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका चारजना प्रहरीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ ।
प्रहरी नायब निरीक्षक उमेश पाल, प्रहरी सहायक निरीक्षक खगेन्द्र भाट, एक प्रहरी हवल्दार र एकजना जवानलाई जिल्ला फिर्ता बोलाइएको हो । “चेकजाँच कार्य प्रभावकारी बनाउन नसकेको र लापर्वाही गरिएको कारण चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएका छौँ”, प्रहरी नायब उपरीक्षक केदार खनालले भने । फिर्ता बोलाइएका प्रहरीको सट्टा अन्यलाई खटाइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण