छोरीको घर बनाउन आएका राईको लडेर मृत्यु
चितवन–छोरीको घर बनाउन आएका एक पुरुषको लडेर ज्यान गएको छ ।
हेटौँडा–२२ हटिया घर भई छोरीको घर बनाउन चितवनको राप्ती नगरपालिका–४ पिप्लेमा आएका ५२ वर्षीय रामकृष्ण राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । छोरीको एकतले घर निर्माणका क्रममा ब्लक बोकेर माथि उक्लँदै गर्दा ब्लकसहित लडेर उनको ज्यान गएको हो ।
बुधबार अपराह्न ४ः३० बजेको समयमा ब्लकसँगै खसेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति नै ज्यान गएको प्रहरीले जनाएको छ ।
यसैबीच, चितवनको नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन् । पाल्पा घर भई भरतपुर–१ स्थित गुल्मेली सुनचाँदी पसलमा काम गर्ने १८ वर्षका सुनिल सुनुवार नारायणी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बुधबार साँझ ५ः३० बजेको समयमा उक्त घटना भएको र अहिले उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण