आणविक हतियार परीक्षणको हठ त्याग्न राष्ट्रसङघका महासचिवको आग्रह
अस्ट्रिया– संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले संयुक्त राज्य अमेरिका, चीनलगायतका अन्य आणविक हतियार उत्पादक मुलुकहरुलाई आणविक हतियार बनाउने होडलाई त्याग्न बुधबार आग्रह गरेका छन् ।
राष्ट्रसङ्घ प्रमुख बानले आणविक परीक्षण प्रतिबन्ध सम्झौता भएको २० औँ वर्षको अवसरमा सबै आणविक हतियार निर्माण गर्ने राष्ट्रहरुलाई हतियार परीक्षणको ‘पागलपन’ लाई त्याग्न र सम्झौताको पूर्णरुपमा पालना गर्न अनुरोध गरेका हुन् ।
आणविक हतियार प्रतिबन्ध सम्झौतामा हस्ताक्षर गर्न बाँकी आठ राष्ट्रलाई अनुरोध गर्दै सम्झौताको विना बिलम्ब स्वीकृत गर्न, भियनामा २० औँ वर्षगाँठ मनाउन गरिएको एक समारोहका बीच महासचिव बानले भने ।
आणविक परीक्षणले पानीलाई दुषित पार्छ साथै उक्त क्षेत्रको वातावरणलाई प्रदुषित तुल्याउँछ, यसले जीवजन्तुमा क्यान्सरको खतरालाई निम्त्याउँ छ अनि अहिलेको पुस्ताको गल्तीबाट आगामी कैयौँ पुस्तालाई पीडित हुनबाट जोगाउन सबै लाग्नुपर्छ भन्दै बानले यसलाई रोक्न सबैसँग आग्रह गरे ।
सम्झौतामा १८३ राष्ट्रले हस्ताक्षर गरेका छन् भने रसिया, फ्रान्स, बेलायतलगायतका १६४ राष्ट्रले सम्झौतालाई अनुमोदनसमेत गरेका छन् । तर, अमेरिका, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया, इजरायल, इरान र इजिप्टले हस्ताक्षर गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण