बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्लभ स्कन्द पुराण संस्कृत विश्वविद्यालयलाई

बिहीबार, १६ वैशाख २०७३, ०९ : ३४
बिहीबार, १६ वैशाख २०७३

दाङ– दाङको मानपुर गाविस बघौसी निवासी एक वृद्ध दम्पतीले दुर्लभ स्कन्द पुराण नेपाल संस्कृत विश्वविद्यालयलाई हस्तान्तरण गरेका छन् । ९० वर्षीय वृद्ध दम्पती केदारनाथ गौतम र रुक्मीणा गौतमले पत्रसहित ८३ हजार श्लोक भएको स्कन्द पुराण बुधबार हस्तान्तरण गरेका हुन् ।

दम्पतीले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला गौतमकै घरमा पुगेर पुस्तक हस्तान्तरण गरेका थिए । केदारनाथ गौतमका पनि पिताले सङ्ग्रह गरेको उक्त पुस्तक अत्यन्त दुर्लभ रहेको बताइन्छ । पुस्तक ग्रहण गर्दै उपकुलपति कोइरालाले विश्वमा ८३ हजार श्लोक भएको स्कन्द पुराण १४ वटा मात्रै भएको आफूले थाहापाएको र त्यसमध्ये एक आफूहरुले प्राप्त गरेको पुस्तक पनि हुनसक्ने बताए । कोइरालाले स्कन्द पुराणको प्राप्तिले आफूहरुलाई दुर्लभ ग्रन्थ मिलेको बताए ।

नेपाल संस्कृत विश्वविद्यालयसँग नभएको धार्मिक ग्रन्थ प्राप्त हुनु निकै ठूलो उपलब्धि भएको भन्दै उनले यसलाई सुरक्षित रुपमा राख्ने बताए । उनले विश्वविद्यालयले स्कन्द पुराण प्राप्त गर्नु महत्वपूर्ण कुरा भएको भन्दै आफूहरुले लामो समयदेखि खोजी गरिरहेको पुराण प्राप्त गरेकामा खुसी व्यक्त गरे । पुस्तक हस्तान्तरण गर्दै केदारनाथ गौतमले आफ्नो बाबुले जतनकासाथ राखेको पुस्तकको सही सदुपयोग होस् भनेर विश्वविद्यालयलाई हस्तान्तरण गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप