बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डढेलोका कारण डोटीमा वन सखाप

बिहीबार, १६ वैशाख २०७३, ०९ : ३६
बिहीबार, १६ वैशाख २०७३

डोटी– डोटीमा आगलागीका कारण सामुदायिक तथा कबुलियती गरी करिब एक हजार ७४४ हेक्टर वन सखाप भएको छ ।

जिल्ला वन कार्यालय डोटीका वन अधिकृत बद्रीकुमार कार्कीले दिएको जानकारीअनुसार डोटीका सामुदायिक तर्फका ८५, कबुलियती तर्फका दुई तथा अन्य केही सरकारी वनमा आगलागी भएको छ । वन अधिकृत कार्कीले भने, “आगो निभाउने प्रयास भइरहे तापनि अत्यधिक खडेरी र गर्मीका कारण वन सुक्खा भएको छ, निभाउन सकिएको छैन । पानी नपरेकै कारण यस्तो समस्याको सिर्जना भएको हो । डोटीमा ३६६ सामुदायिक वन र १९६ कबुलियती वन रहेका छन् ।

धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको जनजागृति सामुदायिक वन उपभोक्ता समितिका कोषाअध्यक्ष देवबहादुर बमले बताए । उनले भने, “आगोले साना बुट्यान र बिरुवा सखाप पारेको छ, नयाँ बिरुवा उम्रिन लामो समय पर्खिनुपर्ने अवस्था देखिँदैछ ।”

आगलागीसम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा आगो नियन्त्रण गर्न नसकिएको वन अधिकारीको भनाइ छ । यति मात्र नभई वनमा नयाँ घाँस उम्रिने आशाले कहीँ कतै त स्थानीयवासी तथा उपभोक्ताले नै वनमा आगो लगाउने गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप