राज्यमन्त्री महतद्वारा स्वास्थ्य केन्द्र उद्घाटन
जुम्ला– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले यहाँ एक सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरेका छन् ।
चन्दननाथ नगरपालिका–२ आचार्यबाडागाउँ, जुम्लास्थित जगतबहादुर रावलको घरमा केन्द्रको कार्यालय बुधबार उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री महतले कुनै पनि देशको प्रधान कुरा स्वास्थ्य, शिक्षा हो भन्दै राज्यले आवश्यक स्वास्थ्य सेवा परिपूर्ति गर्ने बताए । “देश विकासको निम्ति हरेकले इमान्दार र अनुशासित हुनुपर्दछ, राज्यलाई कर तिरेर एउटा असल नागरिकको कित्तामा आफ्नो नाम दर्ज गर्नुपर्दछ”, राज्यमन्त्रीले महतले भने । एकले अर्कालाई खसाल्ने प्रवृत्तिको विकास भएकाले यो मुलुकको विकास हुन नसकेको र हामी अहिले पनि विदेशी ऋणले चुर्लुम्म डुबेको उनको तर्क थियो ।
प्रजिअ रुद्रप्रसाद पण्डितले कर्णालीका जनताको औसत आयु निकै कम भएको जनाउँदै विशेषज्ञ स्वास्थ्य सेवा, अध्ययन तथा अनुसन्धान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा थालनी भएकोप्रति गर्व गरे । सहरी स्वास्थ्य केन्द्रले जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन केन्द्रको आफ्नै संरचना हुनुपर्ने भएकाले सार्वजनिक तथा निजी जग्गा भए जिल्ला स्वास्थ्य कार्यालयलाई भोगाधिकार दिन समुदायलाई अनुरोध गरे ।
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य अधिकृत वैद्यनाथ झाले नेपाल सरकारको योजना तथा चन्दननाथ नगरपालिकाको सिफारिसमा यो केन्द्रको स्थापना गरिएको बताए । केन्द्रले स्वास्थ्य चौकी वा सो सरहको सेवा दिन्छ र दिने सबै खालको औषधि निःशुल्क हुन्छ, जनस्वास्थ्य अधिकृत झाले थपे । केन्द्रको सही परिचालन तथा व्यवस्थापनका लागि सेवा क्षेत्रका बासिन्दालाई अपनत्व लिन उहाँले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण