बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बोलेरोको ठक्करबाट पण्डितको मृत्यु

बिहीबार, १६ वैशाख २०७३, १० : ११
बिहीबार, १६ वैशाख २०७३

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढी नगरपालिका–७ मा गएराति बोलेरो गाडीको ठक्करबाट स्थानीयवासी एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी नगरपालिका–७ का अन्दाजी ६० वर्षीय लखन पण्डित रहेका छन् । पण्डितलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ८६६२ नम्बरको बोलेरो गाडीले ठक्कर दिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मृतक पण्डितको शवपरीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ । ठक्कर दिने गाडी र चालक इटहरी–३ का २८ वर्षीय शिवजी निरौलालाई इलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप