रोल्पा पुगेर यादवले भने, ‘सबै माओवादी मिल्नुको विकल्प छैन’
रोल्पा – सिँचाइ मन्त्री एवं एमाओवादीका केन्द्रीय सदस्य उमेशकुमार यादवले अलग अलग रहेका माओवादीहरु एकीकृत हुनुको विकल्प नरहेको बताएका छन् ।
क्रान्तकारी पत्रकार संघ रोल्पाले आज (विहिवार) विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले भने, बाँकी कार्यभार पूरा गर्न पनि माओवादी मिल्नुको विकल्प छैन । तत्कालिन अवस्थामा समयको माग अनुसार सविधान निर्माण भयो तर त्यो पूर्ण नभएका कारणले सविधानलाई पूर्णता दिनका लागि अलग अलग रहेका माओवादीहरु मिल्नुपर्छ ।’ सविधान निर्माणपछि कार्यन्वयनको चुनौाति पनि रहेको भन्दै उनले ती चुनौतिहरु बाट मुक्ति दिने काम माओवादीबाट मात्र सम्भव भएकाले माओवादीहरु एकीकृत हुने कुरामा आफूलाई विश्वास लागेको उनले बताए ।
नेपालको परिवर्तनमा रोल्पालीले दिएको योगदान सदा स्मरणीय रहने बताउँदै मन्त्री यादवले रोल्पालीहरुको योगदान खेर नजाने धारणा राखे । काठमाडौले रोल्पालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउँदै उनले रोल्पा, डोल्पा, बाजुरा, बाझागं जस्ता जिल्लालाई सरकारले विशेष रुपमा हेर्नुपर्ने बताए । थवाङ्गमा सिचाईका लागि १ करोड १५ लाख रुपियाँ विनियोजन गरेको जानकारी गराउँदै उनले माडीचौर नदी नियन्त्रणका लागि ५० लाख छुट्याइएको र यही एक दुई हप्तामा काम पनि शुरु हुने बताए उनले सिँचाइ विकास डिभिजन कार्यालय तथा सिँचाई मातहतका कार्यालयले गर्ने कामका लागि स्थानीयलाई जानकारी दिनका लागि स्थानीय भाषाको व्यवस्था मिलाउन पनि मातहतका कार्यालय प्रमुखलाई निर्देशन पनि दिए । रोल्पमा ३१ हजार चार हेक्टर खेती योग्य जमिन रहेपनि चार हजारमा मात्र सिँचाई पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण