पुर्व सभासद ‘सागर’ एमाओवादी छाडेर युवा अभियानमा
गुल्मी – गुल्मी क्षेत्र नम्वर ३ का पुर्व सभासद चन्द्रबहादुर थापा ९ सागर ० एकीकृत नेकपा माओवादी पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिई स्वतन्त्ररुपमा युवाहरुलाई रोजगारी दिलाउने अभियाननमा जुटेका छन् । उनी हिजोदेखि काठमाडौंको खुल्ला मञ्चमा –‘युवालाई नेपालमैं रोजगारीको ग्यारेण्टी गर, , शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण उपलव्ध गराएर स्वरोजगार गर, यदि सरकारले त्यसो गर्न नसके वेरोजगार भत्ताको व्यवस्था गर’ भन्ने माग राख्दै आमरण अनशनमा समेत बसेका छन् । आफ्नो नेतत्वमा १२ जना युवा सहित अनाशनमा वसेका पुर्व सभासद थापाले माग पुरा नभए सम्म अनाशन नतोड्ने बताए । सागरले आफू पनि एमाओवादीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिई स्वतन्त्र रुपमा यस अभियानमा जुटेको बताउँदै अरु युवाहरु पनि कुनै दल विशेषका पछाडी नलागेर नेपालका वेरोजगार युवाहरु गोलवद्ध भएर राज्यको निरहीपन विरुद्ध लाग्न अपिल गरेका छन् । खुल्लामञ्चमा सागरको नेतृत्वमा अनशन बस्नेहरुमा गुल्मी अर्जेकी मञ्जु गौतम ९मञ्जु ० , मकवानपुरकी लक्ष्मी तामाङ्ग, मोरङ्गकी अनुषा राई, ईलामका जिवित आचार्य, दार्चुलाका ज्ञानेन्द्र विष्ट,सुर्खेतका अनुप आचार्य, धनुषाका अजित झा, दोलाखाका दावा शेर्पा, जाजरकोटका निरज पुन र धादिङ्गका निरज पौड्याल रहेका छन् । गुल्मीबाट महिलाहरुको प्रतिनिधीत्व गर्दै आमरण अनाशनमा बसेकी मञ्जु गौतम ९अञ्जु० ले आफुहरु पानी सम्म नखाई अनाशनमा बसेकोले राज्यबाट युवालाई रोजगारको ग्यारेण्टी गराउन नसके बरु आफुहरु मर्ने उद्घोष गरिन् । उनका अनुसार आमरण अनशनको नेतृत्व गरेका सागर वाहेक अरु सवै स्तन्त्र विद्यार्थीहरु हुन् । आमरण अनाशनको नेतृत्व गरिरहेका सागर दोश्रो संविधान सभा चुनावमा गुल्मी क्षेत्र नम्वर ३ मा नेकपा एमालेका नेता गोकर्णराज विष्टलाई पराजित गरेर सभासद बनेका थिए । उनि वाईसियलका पुर्व उपत्यका ईन्चार्ज, पार्टीको राज्य कमिटी सदस्य र हाल काठमाण्डौ जिल्ला कमिटीका वरिष्ठ उपाध्यक्ष थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण