बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२ बालिकासहित ४ को विभत्स हत्या : छिमेकी १८ वर्षे युवा पक्राउ

बिहीबार, १६ वैशाख २०७३, १५ : ०८
बिहीबार, १६ वैशाख २०७३

दाङ–सल्यानको रानागाउँमा बलात्कारपछि दुई बालिकासहित ४ जनाको विभत्स हत्या भएको छ । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिएको सल्यानका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए ।

बलात्कारपछि अपराध लुकाउन छायाँक्षेत्र गाविस ९ रानागाउँ निबासी २३ बर्षीया सीता खान ठकुरी, उनकी डेढ बर्षिया छोरी सविता खानठकुरी , ढाइ बर्षिया पवित्रा खान ठकुरी र पाहुना पर्न आएकी सीताकी बहिनी सल्यानकै मार्केमदनाकी १८ बर्षिया गिता गिरीको हत्या भएको प्रहरीको भनाई छ । सिताका श्रीमान रोजगारीको शिलशिलामा विदेशमा छन् । हत्या गर्ने व्यक्तिले बस्तुभाउ बाँध्न प्रयोग गरिने किलाले हिर्काएर (हानेर) हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मानसीक सन्तुलन गुमाएकी स्थानिय जुठी अधिकारी पनि घाइते भएकी छन् । प्रहरीका अनुसार दुई वहिनीलाई किलाले टाउकोमा हिर्काएर र दुई नाबालीकाको घाँटी थिचेर हत्या गरिएको छ । बलात्कारको शिकार भएकी गिता, अपाङग समेत रहेको बताइएको छ ।

छिमेकी युवक पक्राउ

यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । घाइते महिलाले दिएको हुलियाका आधारमा सोही ठाउँ निबासी १८ बर्षका संजय भारतीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामका प्रहरी निरीक्षक सुरेश गौतमले जानकारी दिए । पक्राउ परेका व्यक्तिको घर घटनास्थलदेखि करिब २ सय मिटरको फरकमा रहेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिको कपडा, चप्पल, समेत पानीमा भिजाएर राखेको अबस्थामा फेला छ । ‘चप्पलमा रगतको टाटा भएकाले पक्राउ परेका व्यक्ति नै घटनामा संलग्न रहेको हुन सक्ने अनुमान गरेका छौं’, प्रहरी निरीक्षक गौतमले भने । पक्राउ परेका व्यक्तिले भने मंगलबार राती बारीमा सुतेका कारण फोहर भएकाले धुनका लागि पानीमा भिएको प्रहरीलाई बयान दिएका छन् । घटना पनि मंगलबारराती नै भएको थियो । यसैबीच जिल्ला अस्पताल सल्यानबाट गएको चिकित्सको टोलीले रगत, र विर्यको स्याम्पल लिएको छ । अस्पतालबाट खटि गएका डा.मनिषा रावल, डा.सचिन नेपाली, डा. सचिन यादवको तीन सदस्य चिकीत्सकको टोलीले स्याम्पल र मृतकको कपडा पनि चेकजाँच गरेका छन् । यस्तै चारै जनाको सब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको छ ।

अनुसन्धान सुरु घटनाको बास्तविकता पत्ता लगाउन क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाट गएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरी नायब निरीक्षक बासुदेव सुवेदीको नेतृत्वको अनुसन्धान टोलीले तालीम प्राप्त कुकुर समेत लिएर गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप