बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माथिल्लो मादी प्रसारण लाइन जडान गरिने

बिहीबार, १६ वैशाख २०७३, १५ : ११
बिहीबार, १६ वैशाख २०७३

पोखरा - पच्चिस मेगावाटको माथिल्लो मादी जलविद्युत् आयोजनाको प्रसारण लाइनलाई आज लेखनाथ सव स्टेसनको १३२ केभी बसबारमा जडान गरिने भएको छ ।

यसै वर्ष काम सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको प्रसारण लाइनलाई बसबारमा जडान गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड शाखाका प्रमुख जगदिश शर्मा पौडेलले जानकारी दिए । जडान कार्यका लागि आज बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म लेखनाथ र पोखरा सव स्टेसनबाट विद्युत् प्रसारण हुने सम्पूर्ण क्षेत्रमा आपूर्ति बन्द हुने छ ।

जडान कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सूचारु गरिने शाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप