बर्थडे पार्टीको भोज खाँदा मृत्यु
बिहीबार, १६ वैशाख २०७३, १५ : ०९
नुवाकोट– काउले–८ बस्ने सन्त बहादुर तामाङको घरमा उनको छोराको बर्थडे पार्टीमा भोज खाँदा असक्त भएका मध्ये काउले–६ बस्ने २८ बर्षीय मेघ बहादुर तामाङको उपचारको क्रममा मृत्यु भएको छ ।
मंगलबार राति काउले–६ बस्ने ५० बर्षीय रण बहादुर लामा, ७० बर्षीय कुमार सिंह वाईवा समेतले भोजमा राँगाको मासु, कुखुराको मासु, दाल भात तरकारी एवं मदिरा खाएकोमा बुधबारदेखि बान्ता गर्ने र बेहोश हुने भई ५० जना बिरामी भएकोले १२ जनालाई सिटी अस्पताल र ३८ जनालाई त्रिशुली अस्पताल लगिएकोमा तामाङको उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण