बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय परिचयपत्र बनाउन ढिला नगरौंः प्रधानमन्त्री

बिहीबार, १६ वैशाख २०७३, १५ : २१
बिहीबार, १६ वैशाख २०७३

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिचयपत्र निर्माण कार्यमा विलम्ब गर्न नहुने बताएका छन् । बिहीबार संसदको सार्वजनि लेखा समितिमा सरकारले जारी गर्न लागेको राष्ट्रिय परिचपय पत्र बारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हामी लोकतान्त्रिक नेपाललाई आधुनिकता तिर लैजाँदै छौं, त्यहि आधुनिकताको आवस्यकतालाई महसुस गरेर एसियाली विकास बैंकले हामीलाई सहयोग गरेको हो ।’

राष्ट्रिय परिचयपत्र खरिदका लागि एसियाली विकास बैंकले नेपाल सरकारलाई करिब एक अरब नेपाली रुपैंया सहयो गरेको छ । ‘एडिबीले काम र रकम तोकेर पठाएको हुनाले आर्थिक सहयोग कार्यान्वयनको सवालमा अनियमिताको आशंका गर्नु हुँदैन’ बैठकमा बोल्दै प्रधानमन्त्री ओलिले भने, ‘राष्ट्रिय परिचयपत्र जारी गर्दा उत्पन्न हुने शुरक्षा संवेदनशिलता बारे गृह मन्त्रालय सचेत रहनुपर्छ ।’ लेखा समितीले गठन गरेको उप–समितीले राष्ट्रिय परिचयपत्र जारी गर्दा उत्पन्न हुने शुरक्षा संवेदनशिलता बारे सचेत गराउँदै प्रतिवेदन बुझाएको थियो । अर्काले दिएको सहयोग सदुपयोग गर्ने सवालमा विलम्ब गर्न नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘परिचयपत्र खदिर प्रक्रिया विलम्ब हुँदा एक पटक म्याद थपिएको छ, अब म्याद नथपौं, दाताको सहयोग सदुपयोग गरौं ।’

परिचयपत्र खदिर प्रक्रियाको बाँकी काम नरोक्न लेखा समितिलाई प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

बैठकमा बोल्दै गृहमन्त्री शक्ति बस्नेतले पनि राष्ट्रिय परिचय पत्रको खरिद प्रक्रियामा विलम्ब गर्न नहुने तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप