अहिले त मैले छोएको पानी, गीत र सिनेमा पनि चल्छ
‘बाटोमुनिको फूल’मा नै जातीय भेदभाव र छुवाछुतका सबै कुरा समेटिएका थिए । यसको सिक्वेल किन आयो ? भन्ने प्रश्न आइरहेको छ । यो प्रश्न केही हदसम्म सही हो । तर पूर्ण भने होइन । पहिलो सिनेमा बनाउँदा मैले पनि सिक्वेल बन्ला भनेर कल्पना गरेको थिइनँ । तर भाग एकले समाज परिवर्तनमा जतिसघाउ पुग्यो । म त्यसलाई खासै उपलब्धिमूलक मान्दिनँ । दुवै सिनेमा मैले हिरो र निर्माताको रूपमा सिनेमा जगतमा आफूलाई स्थापित गर्ने उद्देश्यले बनाएको होइन । जातीय भेदभावको अन्त्य गर्न आफूले सक्ने काम गरेको मात्रै हुँ । पेशाले एउटा कलाकार भएकाले समाजबाट जातीय भेदभाव हटाउन योभन्दा फरक मैले अरू गर्नु सम्भव पनि थिएन । पहिलो भाग समाजबाट छुवाछुत हटाउन निकै प्रभावकारी बन्ला भन्ने आशा लिएको थिएँ । प्रभावकारी त बनेकै हो, तर सोचेजति बन्न सकेन । युवावर्गलाई बदल्न सजिलो छ, उनीहरू सजिलै ‘कन्भिन्स’ हुन्छन् । तर भनिन्छ नि सुतेको मानिसलाई ब्यूँझाउन सकिन्छ तर सुतेको बहाना गर्नेलाई ब्यूँझाउन सकिदैन । त्यस्तै भएको हो । समाजलाई अझै पनि बुझाउन बाँकी रहेछ भन्ने लागेपछि सिक्वेल बनाएको हुँ । भाग एकमा ०४० सालभन्दा पहिलेको समाजको चित्र झल्काइएको छ । समाजमा दलितहरूमाथि हुने भेदभाव र अत्याचार कस्ता हुन्छन् भन्ने विषयमात्र समेटिएको थियो । त्यसमा जातीय छुवाछुत र त्यसले मायाप्रीतिमा पारेका बाधाअड्चन जस्ता विषयमा बढी जोड दिइए थियो । जुन सबैले मन पराएका थिए । लगातार ६ महिनाको अध्ययन र अनुसन्धानपश्चात मैले सिक्वेल बनाएको हुँ । यो सिनेमा केवल मनोरञ्जनको उद्देश्यले बनाएको होइन । सिनेमाको कथा कुनै हलिउड या बलिउडका सिनेमाबाट प्रभावित भएर लेखिएको पनि होइन । यस सिनेमामा मैले नेपाली समाजमा विद्यमान कुसंस्कार र कुरीतिहरूका कारण समाजले भोग्नु परेका समस्याहरूमाथिको व्यंग्य र त्यसलाई हटाउन प्रेरित गर्ने विषयलाई उठाएको छु । जसमा मेरो आफ्नै जीवनका कतिपय कथा र भोगाइ पनि गाँसिएका छन् । पुरानै विषयवस्तुलाई नयाँ शैली र प्रविधिमा सिनेमा बनेको छ । निर्माणका पक्षमा मैले कुनै सम्झौता गरेको छैन । स्क्रिप्ट, मेकिङ र टेकिङ सबैमा सक्दो राम्रो प्रयास गरेको छु ।
हिजो संस्कारको नाममा सती एउटा कुप्रथा थियो । जहाँ महिलालाई जिउँदै जलाइन्थ्यो । त्यो सबैको समस्याको विषय थियो, चन्द्र समशेरले हटाइदिए, सबै खुशी भए । छुवाछुत प्रथा सबैको समस्या होइन तर भोग्नेहरूमा लागि यो पनि अर्को सतीप्रथा नै हो । त्यसको लागि अर्को चन्द्र समशेर कुर्ने कि आफैँ सुरू गर्ने ?
०००
विभेद भन्नेवित्तिकै जातीय विभेदमात्रै भन्ने बुझिएला । तर सिनेमाको विषयवस्तु जातीयविभेदमात्र नभई नेपालभित्रको समाज संरचनामा जरा गाडेर बसिरहेका विभिन्न कुरीति पनि छन् । त्यस्ता विषय जसले प्रत्यक्ष या अप्रत्यक्ष रूपमा देशलाई अघि बढ्न नदिन तगारो बनेर तेर्सिरहेका छन् । सिक्वेलको माध्यमबाट देशको राजनीति अगाडि बढाउन पनि पुराना विचार ढालेर नयाँ विचारको राजनीतिक संरचना बन्नुपर्छ भन्ने खालको सन्देश दिन खोजिएको छ । समाजमा जातीय भेदभाव र अत्याचार जरो गाडेर बसेको अवस्था छ । ती भेदभावका रूपमात्रै फेरिएको छ । सिक्वेलमा अझ गहिराइसम्मका कुराहरू खोतलेर प्रस्तुत गरेको छु । त्यसैले भाग एकभन्दा सिक्वल फरक छ । विषयवस्तु त एउटै हो । तर प्रस्तुति बेग्लै र गहिरो छ । सिक्वलमा गैरदलित तर जातीय उत्पीडनमा परेका अरू जातको समस्यालाई पनि उजागर गरिएको छ । नेता भनेका समाजका अभिनेता हुन् र जबसम्म तिनै नेताहरूले पहल गर्दैनन् तबसम्म जातीय भेदभावको अन्त्य हुँदैन भनी देखाउन खोजिएको छ । म चाहन्छु, सिनेमाको मागअनुसारको परिवर्तन समाज र राजनीतिमा फैलियोस् । हामी समान हौँ भन्ने सन्देश लागू होस् । बारम्बार यही विषय उठारहनु नपरोस् । ०००
अहिलेसम्म जति जनाले सिनेमा हेर्नुभएको छ, राम्रै प्रतिक्रिया दिइरहनुभएको छ । दलित वर्गलाई मात्र लक्षित गरी बनाइएको सिनेमा हो कि भन्ने गलत धारणा पनि छ । त्यस्तो होइन भन्ने कुरा सिनेमा हेरिसकेपछि थाहा भइहाल्छ । गीतसंगीतमा पनि जोड दिएको छु ।
अहिले मैले छोएको पानी, गाएको गित, अभिनय गरेको सिनेमा सबै चल्छ, खुशी छु । उसो त मैले गाउँदैमा सबै गीत चर्चित हुन्छ भन्ने त होइन । अभिनय र निर्देशनमा पनि उही कुरा लागू हुन्छन् । नयाँ पुस्ता केही नयाँ र फरक मन पराउँछन् ।
सिनेमाको अन्त्यमा मैले हरिवंश आचार्यको सानो प्रस्तुति राखेको छु । त्यो संवादलाई केही दर्शकले गलत ढंगबाट बुझिदिँदा अलि नकारात्मक सन्देश फैलिन गएको छ, त्यसलाई म प्रष्ट्याउन चाहन्छु । हरिवंश दाइको संवाद यस्तो छ– हिजो संस्कारको नाममा सती एउटा कुप्रथा थियो । जहाँ महिलालाई जिउँदै जलाइन्थ्यो । त्यो सबैको समस्याको विषय थियो, चन्द्र समशेरले हटाइदिए, सबै खुशी भए । छुवाछुत प्रथा सबैको समस्या होइन तर भोग्नेहरूमा लागि यो पनि अर्को सतीप्रथा नै हो । त्यसको लागि अर्को चन्द्र समशेर कुर्ने कि आफैँ सुरू गर्ने ? यसमा छुवाछुत प्रथा सबैका समस्या होइन भनिएको छ । तर अधिकांश दर्शक भन्छन्– छुवाछुत प्रथा पनि सतीप्रथा जस्तै सबैका समस्या हुन् । प्रत्यक्ष या अप्रत्यक्ष रुपमा यसले सिंगो समाजलाई असर पारिरहेको छ । हो, पक्कै पनि छुवाछुत सबैको समस्या बनेर बसेको छ । तर गैरदलितमध्ये कति यसलाई मान्न तयार छन् ? सदियौँदेखि छुवाछुत समस्या दलितहरूका मात्रै समस्या हो भनेर पन्छाउने गरिएको छ । मैले जातीयविभेद सबैको समस्या हो तर सबैले स्वीकार गर्न तयार छैनन् भन्न खोजेको हुँ । गलत रूपमा नबुझिदिनुहुन सम्पूण दर्शकहलाई मेरो अनुरोध छ । ०००
सुरूमा ‘मैले छोएको पानी चल्दैन’ गीत गाएँ । यो गीत चर्चित पनि भयो । अहिले मैले छोएको पानी, गाएको गित, अभिनय गरेको सिनेमा सबै चल्छ, खुशी छु । उसो त मैले गाउँदैमा सबै गीत चर्चित हुन्छ भन्ने त होइन । अभिनय र निर्देशनमा पनि उही कुरा लागू हुन्छन् । नयाँ पुस्ता केही नयाँ र फरक मन पराउँछन् । उनीहरूका विचारदेखि लिएर जीवनशैलीसम्म फेरिइसकेको छ । उनीहरूले खोजिरहेको के हो, त्यसको अध्ययन गरेर मात्र काम थाल्नुपर्छ । सफलता टाढा छैन । मेरो सिर्जनामा गुणस्तरीय गीत, संगीत, कथा भएर नै त होला, सबैले मन पराइदिनु भएको छ, माया दिरहनुभएको छ । एकै व्यक्ति सफल गायक, नायक र निर्माता बन्नु चानचुने कुरा पनि थिएन । त्यसका लागि साझा कुरा अँगाल्न जान्नुपर्ने रहेछ । कोही व्यक्ति गायक होस्, नायक होस् या निर्माता । एकमुष्ट दिने भनेको सिर्जना नै हो । सिर्जना भनेको मानिसको भावनासँग प्रत्यक्ष जोडिएको हुनुपर्छ । त्यसैले सिर्जना दिँदा सिधै मानिसका भावनासँग ठोकिने कुरा दिनुपर्छ । माध्यम जेसुकै होस् । मैले जहिले भावनासँग गाँसिएका सिर्जना दिने प्रयास गरेको छु । भावनालाई छुन सकेमात्र समाजमा परिवर्तन सम्भव छ । सायद, समाजको भावनासँग जोडिन सकेकै कारणले मलाई सफल बनाएको हो जस्तो लाग्छ ।
प्रस्तुति :फातिमा बानु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण