बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेटौडामा “चर्खा” को शुभमुहर्त

बिहीबार, १६ वैशाख २०७३, १६ : ११
बिहीबार, १६ वैशाख २०७३
सञ्जिता फिल्म प्रा.लिको व्यानरमा निर्मित नेपाली चलचित्र चर्खाको शुभमुहर्त गरिएको छ । हेटौडा –१ स्थित पाथिभरा मन्दिरमा एफ.डि कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले नरिवल फुटाएर शुभमुहर्त गरिएको थियो । मुहर्त समयमा कलाकारले आफ्नो सम्वाद बोलेका थिए भने गायिका जुनु रिजालले उक्त फिल्मको गीत सुनाएकी थिइन् । हेटौडेली निर्माता सहदेब गौतमको प्रस्तुती रहने चर्खामा मकवानपुरमा नै छायाकन गरिने बताइएको छ ।

गोविन्द गौतमको निर्देशनमा बन्न लागेको चर्खालाई गणेश भेटवाल, सुनिल अधिकारी, वालकृष्ण खड्का र रुपेश के.सीले सयुक्त रुपमा निर्माण गरेका हुन्, । फिल्मको शुभमुहर्त कार्यक्रममा हेटौडा उपनगरपालिकाका प्रमुख तथा फिल्म निर्माता सुदेव कुमार पोखरेल, नेपाल पत्रकार महासंघ पुर्व केन्द्रिय सदस्य प्रताप विष्ठ, ब्रोकास्टिङ एसोसियन नेपालका केन्द्रिय कोषध्यक्ष उज्जवल चौलागाई, उद्योग वाणिज्य महासंघ मध्यामाञ्चल अध्यक्ष अरुणराज सुमार्गी, चलचित्र पत्रकार संघ केन्द्रिय कोषध्यक्ष कुवेर डंगोल, फिल्मका कलाकारहरु, संचारकर्मीहरु र अन्य संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

फिल्म चर्खामा कविराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन, रोशन श्रेष्ठको द्धन्द, गोविन्द गौतमको लेखन रहने छ भने दिव्य सुवेदीले फिल्मलाई खिच्ने छन्, ।चर्खामा रजनी के.सी, सुरबिना कार्की, सुशान्त कार्की, निर्जन थापा, कपिल खड्का, इश्वरी श्रेष्ठ, रुपेश के.सी, गायिका जुनु रिजाल,संचारकर्मी कपिल खड्का  लगायतका कलाकारको अभिनय रहने छ ।

शुभ साइतको कार्यक्रम लगत्तै छायाकनमा गएको छ । ३५  दिनमा नै छायाकन सकिने निर्माण पक्षले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप