आईपिएल : मोरिसले बनाए किर्तिमान, तैपनि एक रनले हार्यो दिल्ली
बिहीबार, १६ वैशाख २०७३, १६ : १६
नयाँ दिल्ली - बुधबार राती आईपिएलको रोमान्चक म्याचमा गुजरात लायन्स टिमले दिल्ली देर देभिल्सलाई एक रनले हरायो । लायन्सको यो यस सिजनको पाँचौ जीत हो । तर हारका बाबजुद दिल्ली देरदेभिल्सका क्रिस मोरिसले आईपिएलमा नयाँ किर्तिमान बनाए । उनले यस क्रममा केवल ३२ बलमा चार चौका र आठ छक्का प्रहार गर्दै अविजित इनिंग्स् खेले ।
मोरिसले यस क्रममा बनाएका रेकर्ड यस्ता छन् :
१. ८२ रनको अविजित इनिंगस् खेल्ने क्रममा मोरिसले १७ बलमा अर्धशतक बनाए । आईपिएलको इतिहासमा यो तेस्रो छिटो अर्धशतक हो । यसअघि सुरेश रैनाले १६ र यूसुफ पठानले १५ बलमा अर्धशतक बनाएका थिए ।
२. दिल्लीका लागि मोरिस सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । यसअघि दिल्लका विरेन्द्र सेहवागे राजस्तान विरुद्ध २० बलमा ५० रन बनाएका थिए ।
३. यस सिजन एकै इनिंगस्मा सबैभन्दा धेरै छक्का लगाउने मोरिस पहिलो खेलाडी हन् । उनले ८ छक्का लगाए ।
४. छैटौ नम्बरमा ब्याटिंग थालेर अविजित ८२ रन बनाउने मोरिस पहिलो खेलाडी हुन् । यसअघि राहुल द्रविडले सन २००८ मा बैंगलोरबाट छैटौ नम्बरमा ब्याटिंग थाल्दै ७५ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण