माओवादीबीच एकताको अपरिहार्यः बादल
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव रामबहादुर थापा ‘बादल’ले उत्पीडित वर्गको मुक्तिका लागि माओवादीहरुबीच एकता हुनुपर्ने बताएका छन् । फाल्गुनन्द लिङदेन फिल्मस् प्रा.लि.द्वारा राजधानीको संवाद डबलीमा आयोजित ‘अवार्ड घोषणा तथा मायाको चिनो वितरण’ कार्यक्रममा महासचिव बादलले नेपालका माओवादी आधा दर्जनभन्दा बढी संख्यामा विभाजित हुनुले उपेक्षित र उत्पीडित समूदायको अधिकार स्थापित हुन नसकेको चर्चा गर्दै महासचिव बादलले नयाँ संविधानले ती अधिकारहरुको ग्यारेण्टी गर्न नसकेको बताएका हुन् । ‘नयाँ संविधानले महिला, दलित, आदिवासी जनजाति तथा मधेसी समूदायको अधिकारलाई स्थापित गर्न सकेन । त्यसैले माओवादी शक्तिहरुबीच छिट्टै एकता हुनुको विकल्प छैन’ बादलले भने । उनले भने ‘रुन मात्र जान्ने महिलालाई लड्न सिकाउने माओवादी जनयुद्ध नै हो । त्यसैले संविधानले उनीहरुको अधिकार पूर्ण रुपमा स्थापित गर्न माओवादीहरुको एकताले मात्र सम्भव छ ।’ कार्यक्रममा लिम्बू समूदायबाट आएर साँस्कृतिक क्षेत्रमा योगदान पुर्याएका झण्डै दर्जन कलाकारहरु पुरस्कृत भएका छन् । कार्यक्रममा समाजसेवी रामकुमार लिङदेन, कलाकारहरु राजकुमार लिङदेन, उपासना नेम्वाङ, राजु घिमिरे, उदय सुब्बा, दिलिप ठकुरीलगायतलाई एफएलएफ मायाको चिनो प्रदान गरियो । फाल्गुनन्द लिङदेन फिल्मस् प्रा.लि.ले एफएलएफ अवार्ड–२०७३ को पनि घोषणा गरेको छ । अवार्ड लिम्बू भाषा तथा सँस्कृतिमा बनेका फिल्मस्मा आधारित रहेको फिल्मस्का निर्देशक दिनेश लिङदेनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण