बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाओवादीमा हात उठाएर बोल्ने परम्पराको थालनी !

बिहीबार, १६ वैशाख २०७३, १६ : २४
बिहीबार, १६ वैशाख २०७३

काठमाडौं– एमाओवादी स्थायी समिति बैठकमा सचिव वर्षमान पुनले भने, ‘गोपाल किराँतीजीले एमाओवादीमा रोल्पावाद हाबी भएको भन्नु भएछ, उहाँले भनेजस्तो पार्टीमा केहि भएको छैन ।’ एमाओवादीमा रोल्पावाद हाबी भएको भन्दै किरातीले रातोपाटीमार्फत बताएपछि आजको बैठकमा पुनले त्यसको प्रतिवाद गरेका हुन् । बैठकमा सहभागि एक नेताका अनुसार विगतमा वरियताक्रम अनुसार नेताहरुले आफ्नो धारणा राख्ने प्रचलन भएपनि आज त्यस्तो भएन । ति नेताका अनुसार बैठकमा आफूले धारणा राख्ने भन्दै सहभागिहरुले हात उठाउँदै बोल्ने समय माग गरेका थिए । सोहि अनुसार उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझी नबोल्दै पुनले बोल्न सुरु गरेका थिए । सो क्रममा उनले एमाओवादीको तर्फबाट सरकारमा गएका मन्त्रीहरु जवाफदेही हुन नसकेको भन्दै आलोचना समेत गरेका थिए । विना रोलक्रम हात उठाएरै बोल्न सुरु गरिएको उक्त बैठकमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सरकारमा गएर आफूहरुले मरिमेटेर काम गरिरहेको भएपनि सबैलाई बुझाउन नसकिनएको बताएका थिए । यस्तै लोकेन्द्र विष्ट मगरले भने सरकारको कडा आलोचना गरेका थिए । उनले सरकारले नम्बर पाउने गरि केहि काम गर्न नसकेको भन्दै अब सरकारमा बसिरहनुको औचित्य नै समाप्त भएको बताएका थिए । यस्तै जनार्दन शर्माले पनि पार्टी सरकारमा बसिरहनुको औचित्य नभएको बताएका थिए । तर, गृहमन्त्री शक्तिबहादुर बस्नेतले भने सरकार र पार्टीबाट सहभागि मन्त्रीहरुको बचाउ गरेका थिए । बैठकमा स्थायी समिति सदस्य अमिक शेरचन र अग्नी सापकोटाले पनि आ–आफ्ना राखेका थिए ।

एमाओवादी अध्यक्ष प्रचण्ड निवासमा बसेको बैठकमा जनवर्णिय संगठनको भूमिका, पार्टी एकता र सरकारबारे छलफल गर्ने भनि एजेण्डा तय गरिएको स्थायी समिति सदस्य थोपाल किरातीले जानकारी दिए । बैठक भोली बिहान ८ बजे पुनः लाजिम्पाटमा बस्ने किरातीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप