बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रक्सी र यौनतृष्णाका कारण एक घरमा चार जनाको हत्या, अभियुक्तद्वारा स्वीकार

बिहीबार, १६ वैशाख २०७३, १६ : ३५
बिहीबार, १६ वैशाख २०७३

सल्यान  - गत वैशाख १४ गते राती छाया क्षेत्रमा भएको हत्यामा संलग्नभएको भन्दै प्रहरीले एक जानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छाया क्षेत्र ९ राणा गाउका २० वर्षिय संजय भारती भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विहिवार जिल्लाप्रहरी कार्यालय सल्यानमा आयोजित पत्रकार सम्मेलन मार्फत अभिुयक्तलाई प्रहरीले सार्वजनिक गरेको हो । घटनाको अनुसन्धानका लागि मध्यपश्चिम क्षेत्रिय प्रहरी कुकुर शाखा कोहलपुरबाट ल्याइएको भुन्टी नामको कुकुरले अपराधि भागेको बाटो पत्ता लगाएको आधारमा संजयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायवउपरिक्षक श्यामवहादुर खत्रीले जानकारी दिए । घटनास्थलमा फेला परेका प्रमाणको आधारमा सञ्जयलाई पक्राउ गरिएको र सञ्जयले अपराध स्वीकार गरिसकेको प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिए । गत वैशाख १४ गते राती घरमा सुतिरहेको अवस्थामा छाया क्षेत्र–९ राणागाउकी २३ वर्षिया सिता खाण, उनकै २ वर्षिया छोरी पवित्रा खाँण र ११ महिनाकी छोरी सविता खाण र सिताकी सहोदर १८ वर्षिया वहिनी गीता गिरीको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दियो । ‘मलाई आन्टीले सेलरोटी खान ५ बजेतिर बोलाउनु भएको थियो तर म रक्सी खाएर ९ वजे पुगे आन्टीले रिस उठ्ने कुरा गरेपछि वाहिर गएर गाई बाँध्न बनाएको काठको किलाले पालैपालो हानेर हत्या गरे,’ अभियुक्त सञ्जयले पत्रकार सम्मेलनमा भने ।

प्रहरीले सञ्जयलाई आजै जिल्ला अदालतबाट ५ दिनको म्यादथप गराई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतकसिताकाश्रीमानभने वैदेशिक रोजगारीको शिलसिलामाभारतमा रहेका छन् । यसरी भएको थियो हत्या सञ्जय भारती लगायत उनका साथीहरु १४ गते दिउसो छायाक्षेत्र ९ कै स्थानीय नविनको घरमा दाउरा चिर्ने काममा गएका थिए । उनिहरुले दिउसो दाउरा चिर्ने काम सकेर सञ्जय ३ वजे तिर गोठालो गएका थिए । वेलुका ५ वजे तिर मृतक सीता खाणले सञ्जयलाई घरमा सेलरोटी पकाउन लागेको र खानका लागिनिम्तो दिएकी थिइन । सञ्जय लगायत उनका साथीहरुले ५ वजे देखि राती ८ वजे सम्म स्थानीय सविनको घरमा नाँचगान गर्नुका साथै रक्सी मासु समेत खाएका थिए । त्यसपछि सञ्जय ९ वजे सिताको घरमापुगेका थिए । सञ्जय त्यहाँजाँदा खानपिन गरेर सवै सुतिसकेका थिए । सञ्जयलाई रक्सी लागेर जिउ सम्हाल्नधौ भइसकेको थियो ।

त्यसपछि सितालाइ सञ्जयले वालाए तर सिताले ढोका खोलेर भित्र बोलाइन । कुराकानी गर्ने क्रममासिताले भनेको कुराले सञ्जयलाई रिस उठ्यो । सञ्जय शौचालय जाने वहानमा वाहिर गए र वाहिरबाट गाइ भैसीलाई वाँध्नकालागिप्रयोग गरिने किलाले सितालाई टाउकोमा २ पटक हाने सिता वेहोस हुदै भुइमा ढलिन । त्यतिवेला नै दिदिको घरमा पुगेकी बहिनी गिता गिरीलाई टाउकोमाहानेर हत्या गरे । अढाइ वर्षको पवित्रा खाणले सञ्जयलाई वोलाएपछि आफुलाई चिन्ने डरले किलोले उनलाई हिर्काएको तर ११ वर्षिया सविता खाणलाई लागेर मृत्यु भयो । र पछि अन्तिममा पवित्राको हत्या गरे । चोटलागेर वेहोस भएकी गितालाई बलात्कार सञ्जयले प्रयास गरे । तर अत्यधिक रक्सी सेवन गरेका कारण वलात्कार गर्न सकेनन । त्यसपछि उनी त्यहाँबाट हिडे । उनले सोहीगाउनिवासी ६० वर्षिया जुठ अधिकारीलाइ लाठी प्रहार गरी घाइते वनाए । घटना लगत्तै घटनास्थलपुगेका प्रहरीले अनुसन्धान अगाडी वढायो । अनुसन्धानकालागिमध्यपश्चिम क्षेत्रियप्रहरी कुकुर शाखाबाट भुन्टी नामको कुकुर ल्याइ अनुसन्धान अगाडी वढायो । कुकुरले अपराधी भागेको बाटो पत्तालगाउदै सञ्जय लुकेको स्थानपत्ता लगाए पछि गएराती प्रहरीले सञ्जयलाई पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप