बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिजीको आक्रामक योजना, पाँच वर्षभित्र ५ अर्वका ५ ठूला होटल खोल्ने घोषणा

बिहीबार, १६ वैशाख २०७३, १६ : ३२
बिहीबार, १६ वैशाख २०७३

काठमाडौं–नेपालमा पर्यटन प्रवद्र्धनका लागि चौधरी ग्रुप अन्तर्गतको सिजि होल्डिङ्गस् आक्रामक रुपले लाग्ने भएको छ । पर्यटनको एकदम राम्रो सम्भावना भएर पनि पूर्वाधार नभएका कारण पर्यटन विकास हुन नसकेको भन्दै सिजिले ५ वर्षभित्र ५ अर्वभन्दा बढी लगानीमा ५ वटा होटल खोल्ने योजना सार्वजनिक गरेको छ ।

देशका विभीन्न भागमा ५ वटा रीसोर्ट सञ्चालन गर्ने योजना शुरु भएको सिजि होल्डिङ्गस्का प्रवन्ध निर्देशक अरुण चौधरीले बताए । ‘नेपाल भन्दा कम सम्भावना भएका मुलुकमा धेरै पर्यटक पुगीसकेका छन्’ उनले भने ‘नेपाल संभाबना भएर पनि पूर्वाधार नभएका कारण पछि परेकोले यो योजना ल्याएका हौँ ।’

सिजिले पहिलो चरणमा पर्यटकिय क्षेत्र चितवन राष्ट्रिय निकुञ्जभित्रको टाईगरल्याण्ड सफारी रीसोर्टको स्वामित्व किनेर सञ्चालनमा ल्याएको छ । राष्ट्रिय निकुञ्जक्षेत्रभित्र राप्ती नदि किनारमा रहेको रीसोर्टको स्वामित्व लिएर थप सुविधासहित आकर्षक बनाएर सञ्चालन गरेको छ । मनोरम दृष्याबलोकन गर्न सकिने उक्त रिसोर्टमा स्थानीय पर्यवरण सुहाउँदो आकर्षक परम्परागत शैलिका ३५ कटेज सञ्चालन गरीएको छ ।

झण्डै एक अर्व लगानी भएको रीसोर्टमा पर्यावरणीय रोमाञ्चकतालाई ध्यानमा राखि जम्मा क्षेत्रफलको करीव ८० प्रतिशत भागलाई जंगलकै रुपमा व्यवस्थापन गरीएको उनले बताए । ५० वर्ष अघिको वाईल्डलाईफ टुरीज्मलाई यो रीसोर्टमार्फत नयाँ आयाम थपिने उनले बताए ।

यो संगै होल्डिङस्ले झम्सिखेलमा पाँचतारे होटल होलिडे ईन, त्रिपुरेश्वरमा चारतारे विजनेस होटल, पोखराको सराङ्गकोटमा रीसोर्ट, बुढानिलकण्ठमा वेलनेस रिट्रिट सेण्टर र सञ्चालन गर्ने घोषणा गरेको छ । यही वर्षको बर्खायाम पछि झम्सिखेलमा निर्माण शुरु हुने पाँचतारे होटलमा २ सय कोठा रहने होल्डिङस्ले जनाएको छ । त्यसैगरी सराङ्गकोट रीसोर्टमा ५० कोठा, बुढानिलकण्ठको वेलनेस रिट्रिटमा ५० कोठा र त्रिपुरेश्वरको बिजनेस होटलमा १ सय २५ कोठा रहने बताईएको छ ।

होल्डिङ्गस्का प्रवन्ध निर्देशक चौधरीले नेपालमा स्वास्थ्य, साँस्कृतिक, वातावरणीय र वाईल्डलाईफ लगायतका पर्यटनको संभावना रहेकोले पूर्वाधारको यथाशिघ्र आवस्यकता रहेको बताए ।

‘अहिले बर्षेनी ८ लाख पर्यटक आईरहेका छन्, अव पर्यटक बढेपछि पूर्वाधारको कमि हुनेछ ’ उनले भने ‘होटल रीसोर्ट कमि रहेकोले हामीले यसलाई प्राथमिकतामा राखेका छौँ ।’ पर्यटन क्षेत्रमा अहिले पाँचलाखले प्रत्यक्ष र १० लाखले अप्रत्यक्ष रोजगारी पाईरहेको अवस्थामा अव आफूहरुले सञ्चालन गर्ने होटलमा १५ सय जनालाई प्रत्यक्ष रोजगारी दिईने चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप