९ महिनामा कपिलबस्तुमा आगलागी : ३९९ घर जले, १० करोडभन्दा बढी क्षति
कपिलवस्तु – गर्मी मौसमको शुरुवातसंगै चल्ने हावाहुरीले कपिलबस्तुमा आगलागीका घटनाहरूमा वृद्धि हुन थालेका छन् । कपिलबस्तुमा ९ महिनाको अवधिमा भएका १५३ आगलागीका घटनामा परि ३ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । आगलागीबाट ३९९ घर र १४५ गोठ जलेर नष्ट भई १० करोड १ लाख ७० हजार मूल्य बराबरको धनमाल क्षति भएको छ ।
आगलागीका घटना न्यूनीकरण गर्न तथा चांडै नियन्त्रण गर्ने सवालमा आवश्यक साधन स्रोत र चेतनाको अभावका कारण आगलागीका घटनाहरू वृद्धि हुन थालेको हो । २०७२ साउन महिनादेखि बैशाख १५ सम्मको अवधिमा जिल्लाको कपिलबस्तु, शिवराज, भृकुटी, बुद्धबाटिका, कृष्णनगर, बाणगंगा गरि ६ वटै नगरपालिकाका साथै पथ्थरदेइया, कजरहवा, उदयपुर, बलरमवापुर, कुशहवा लगायतका स्थानहरूमा भएको आगलागीमा ३९९ घर र १४५ गोठ जलेर नष्ट भई १० करोड १ लाख ७० हजार मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको तथ्यांकमा उल्लेख छ ।
सबै भन्दा बढी फागुनमा ४९ स्थानमा आगलागी भएका थिए । सो महिनामा पत्थदेईयामा लागेका आगलागीमा एक बृद्धाको ज्यान गएको थियो । ४९ घर र ३८ गोठ जलेर १ करोड १२ लाखको धनमाल नष्ट भएको थियो । यस्तै चैतमा ३१ आगलागीका घटनामा १ सय ५४ घर र ९ गोठ जल्दा २ करोड २८ लाख धनमाल नोक्सान भएको थियो ।
बैशाखमा भएको एक दर्जन आगलागीका घटनामा १ सय ८२ घर र २५ गोठ जलेका थिए । जसमा ४ करोड १५ लाखको संपत्ति नष्ट भएको थियो । बैशाख महिनामा मात्र ४ स्थानमा आगलागी भीषण आगलागी भएको थियो । गत बैशाख २ गते जहदीको रेहरा, ८ गते कजरहवाको सिग्राहा, ९ गते शिवराज नगरपालिको पिपरहवा र १० गते उदयपुरमा आगलागी भीषण आगो लागेको थियो । कजरहवामा भएको आगलागीमा बालक र बालिका गरी २ जनाको मृत्यु भएको थियो । यसै अवधिमा ४२ चौपायासमेत जलेर मरेका छन् ।
कुनै–कुनै दिन त एकैपटक ४⁄५ स्थानमा आगलागीका घटना भएको खबर आउने गरेको प्रहरि नायब उपरिक्षक प्रह्लाद अधिकारीले बताए । उनले फागुन देखि जिल्लामा दिनहु जसो आगलागी हुने गरेका बताए । सबै जसो घटनामा मानवीय लापरबाही नै देखिएको उनले बताए । हावाहुरीको मौसम त्यसमा पनि होसियारी नअपनाईदा दिनहु जसो आगलागी भईरहेका उनले बताए । घरको चुल्हो र गोठबाट आगो सल्किने गरेको पाईएको उनले बताए । फुसका घरहरुमा आगलागी हुने गरेका छन्, ‘दमकल समेत नहुदा झन समस्या भएको उनी बताउँछन् ।’ यता आगलागीको घटना नियन्त्रण गर्न जिल्लाको करिब ६ लाख जनताका लागी एकमात्र कपिलबस्तु नगरपालिकाको वारुणयन्त्रलाई हम्मे–हम्मे पर्न थालेको वारुणयन्त्रका चालकको भनाइ छ । कपिलबस्तुमा ६ वटा नगरपालिका र ५३ वटा गाविस रहे पनि जिल्लाभरको आगलागी नियन्त्रणका लागि कपिलबस्तु नगरपालिकासंग मात्र एउटा वारुणयन्त्र भएकाले आगलागी नियन्त्रण गर्न कठिन वनेको कपिलबस्तु नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराइको कथन छ ।
उता जिल्लामा रहेका वन क्षेत्रमा समेत यस बर्ष धेरै स्थानमा ढडेलो लागेको छ । जिल्लाका १५० सामुदायिक वन मध्ये ४० बढीमा डढेलोले क्षति भएको वन कार्यालयका प्रमुख राकेश कर्णले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण