जियोनि मोबाइलको एम फाईभ प्लस
काठमाडौं – जियोनिले चाँडै नै म्याराथन एम फाईभ प्लस नेपालमा ल्याउने भएको छ्रयो फोन जियोनिको ठूलो ब्याट्री रहने म्याराथन सिरिजको नयाँ संस्करण हो । एम फाईभ प्लसमा पूर्ण मेटालिक र अल्ट्रा स्लिम युनिबडिमा ६ इन्चको फुल एच डि अमोलेड स्क्रिन रहेको छ । फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेराका साथै १.३ गिगाहर्जको ओक्टाकोर प्रोसेसर रहेको छ । म्याराथन एम फाईभ प्लस को प्रमुख हाइलाइट भने यसमा रहेको ५०२० एम ए एच क्षमताको अत्यन्त ठुलो ब्याट्री हो जुन बजारमा उपलब्ध औसत फोनको भन्दा डबल छ। यसमा रहेको डुअल चार्जिङ चिप्सले छिटो चार्ज गर्न सहायता गर्छ्र ३ जी बि (याम, इन्टरनल स्टोरेज ६४ जी बि र पछिल्लो टाइप सी यूएसबी पोर्ट, फोनको अर्को विशिष्ट विशेषता हो । मेमोरी कार्डको माध्यमबाट अझ १२८ जी बि यो फोनमा थप्न सकिन्छ । यसमा अधिकतम सुरक्षाका लागि फिङ्गर प्रिन्ट स्क्यानर पनि राखिएको छ्र । फोनमा ओ एस भने एन्ड्रोइड ५.१ मा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.१ रहेको छ । एम फाईभ प्लस ले रिभर्स ओ टि जी चार्जिङ्ग प्रविधिबाट अरु फोन पनि चार्ज गर्न सक्ने क्षमता राख्दछ । यो फोन ‘शैम्पेन गोल्डेन’ रंगमा उपलब्ध हुनेछ । जियोनीका कन्ट्री प्रबन्धक मि। विन भन्छन् ‘जियोनीले आफ्नो म्याराथन सिरिज मार्फत सुपर पावर स्मार्टफोनलाई परिभाषित गर्नु का साथै यस क्षेत्रमा बेन्चमर्क राखेको छ्र । जियोनी एम फाईभ प्लस यस म्याराथन सिरिजको उत्कृष्ट संस्करण हो । यो फोनका लागि ग्राहक हरुबाट राम्रो प्रतिकृया आउने बिश्वास हामीलाई छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण