भूकम्पप्रभावितलाई अनुदानमा चुलो वितरण
बनेपा– नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ललितपुरले भूकम्प प्रभावितका लागि काभ्रेपलाञ्चोकको च्याम्रेङबेसी गाविसमा उपलब्ध गराएको रु १० लाख ४३ हजार बराबरको सुधारिएको चुलो अनुदानमा बिहीबार वितरण गरियो ।
जिल्ला दैवी प्रकोप उद्धार समिति, काभ्रेपलाञ्चोकको सिफारिसमा जिविस, वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाले सो गाविसमा मात्रै कुल २९८ सुधारिएको चुलो वितरण गरेको हो । जिविस, वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख अन्जित गौतमले भूकम्पका कारण करिब २० हजार सुधारिएको चुलो नष्ट भएको उल्लेख गर्दै तत्कालका लागि पाँच गाविसमा अनुदानमा चुलो वितरणको कार्यक्रम रहेको जानकारी दिए ।
उहाँका अनुसार जिल्लाका पाँच गाविसमा कुल रु ९८ लाख ८० हजार बराबरको एक हजार ६०८ सुधारिएको चुलो वितरण हुने जानकारी दिँदै जिल्लाको वेखसिम्ले, च्यासिङखर्कसहित तीन गाविसमा रु ४६ लाख ५५ हजार बराबरको एक हजार ३३० सुधारिएको चुलो वितरण भएको बताउ । “हामीले धुवाँमुक्त गाविसलाई प्राथमिकतामा राखेर भूकम्प प्रभावितलाई यो चुलोे वितरण गरेका हौं”, उनले भने ।
जिल्लाका तीन गाविसबाहेक पोखरीनारायणस्थान गाविसमा ६७ र सरमथली गाविसमा २८३ थप सुधारिएको चुलो वितरण हुने उल्लेख गर्दै गौतमले अन्य विभिन्न गाविसमा पनि भूकम्प प्रभावितका लागि सुधारिएको चुलो माग भएको बताए ।
उनले चुलो वितरणपछि उपयोग भएको छ वा छैन भन्ने विषयमा अनुगमन गरिने जानकारी दिँदै चुलोलाई सदुपयोग गर्न समुदायलाई आग्रह गरे । ग्रामीण सशक्तीकरण स्रोत व्यवस्थापन केन्द्र रिमरेकका कार्यकारी निर्देशक गोकुल गौतमले सुधारिएको चुलो वातावरणमैत्री भएको उल्लेख गर्दै यसले गर्दा धुवाँको जोखिमबाट बच्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण