डढेल्धुरामा भीषण आगलागी, आगो निभाउने क्रममा सेनाका ३ जवान घाइते
दीपायल–डडेल्धुरामा आज बिहान ७ बजेदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । डडेल्धुराको बागबजारमा बिहान एक्कासि लागेको आगोलाई नियन्त्रणमा लिन प्रहरी, सेना र स्थानीयवासीको सक्रियता भए तापनि नियन्त्रणमा आउन सकेको छैन ।
अमरगढी नगरपालिकाको दमकल बिग्रेका कारण विहान करिब ८ बजेर १० मिनेटमा मात्रै दीपायलबाट दमकल हिँडेको दीपायल सिल्गढी नगरपालिकाका लेखा अधिकृत रमेश जोशीले जानकारी दिए ।
जोशीले डडेल्धुराबाट खबर नै ढिला आएपछि दमकल पठाउन ढिला भएको बताए । बिहान ७ बजे बागबजारको गुड्डी पसलबाट सल्केको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।
एकपछि अर्को पसल जल्ने क्रम भइरहेको डडेल्धुराबाट स्थानीयवासी आकाश उपाध्यायले जानकारी दिएका छैनन् । अहिलेसम्म आगो नियन्त्रणमा नआउँदा ठूलो क्षति भइरहेको छ । बागबजारमा भएका पसललाई खाली गर्ने क्रम जारी रहेको र सिल्गढीबाट हिँडेको दमकल आधीबाटो सम्म मात्र पुगेको र सो नपुग्दासम्म आगो नियन्त्रणमा लिन नसकिने स्थानीयवासी आकास उपाध्यायले राससलाई जानकारी दिए । आगो निभाउने क्रममा नेपाली सेनाका तीनजना जवान पनि घाइते भई उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको छ भने आगो झन्झन् फैलिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण