बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नितिशसँगै लुम्बिनी आउने मोदीको इच्छा

शुक्रबार, १७ वैशाख २०७३, २० : १७
शुक्रबार, १७ वैशाख २०७३

काठमाडौं – नेपालको निमन्त्रणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी भ्रमणमा आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिजेपी स्रोतलाई उल्लेख गर्दै मोदी बिहारका मुख्यमन्त्री नितिश कुमारसँगै लुम्बिनी आउन चाहेको टेलिग्राफले लेखेको छ । बुद्ध पूर्णिमाका अवसरमा उनीसँगै बिहारका मुख्यमन्त्री नितिशकुमारलाई पनि लुम्बिनी भ्रमणका लागि नेपाल सरकारले निमन्त्रणा दिएको सञ्चारमाध्यममा उल्लेख छ । भारतीय जनता पार्टीको स्रोलाई उद्धृत गर्दै द टेलिग्राफले लेखेको छ : ‘नरेन्द्र मोदी बिहारका मुख्यमन्त्री नितिशकुमारले पनि आफूसँगै लुम्बिनी भ्रमण गरुन् भन्ने चाहन्छन् ।’ टेलिग्राफले लेखेको छ : प्रधानमन्त्रीको कार्यालयले नितिशकुमारलाई भ्रमणमा जानका लागि पत्र लेख्दैछ । तर प्रधानमन्त्रीसँग मुख्यमन्त्री भ्रमणमा जान्छन् वा जादैँनन् भन्ने कुरा प्रोटोकलले निर्धारण गर्छ । अब निर्णय गर्ने मुख्यमन्त्रीले हो । बिहारका मुख्यमन्त्रीको कार्यालयले भने यस समाचारको विषयमा अनविज्ञ रहेको बताएको छ । नितिशकुमारका स्वकिय सचिव चन्चलकुमारले भनेका छन् ः हामीलाई कुनै सूचनाप्राप्त भएको छैन । मोदीले आफू र नितिशकुमारबीचको वैमनस्यततालाई कम गर्न बुद्ध पुर्णिमालाई महत्वपूर्ण दिनका रुपमा लिएको बिजेपी स्रोतको दाबी छ । यसअघि नरेन्द्र मोदीको भारतीय जनता पार्टीले नितिकुमार र लालू यादवको महागठबन्धनले बिहार राज्यमा चुनाव लडेको थियो । चुनावमा नरेन्द्र मोदी नराम्ररी पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप