टोटनहमलाई झड्का : डेले अलीले प्रिमियर लिगका बाँकी खेल गुमाउने
लण्डन – प्रिमियर लिग उपाधि होडमा रहेको टोटनहटस्पर्सले सिजनका बाँकी खेलमा आफ्नो टोलीको महत्वपूर्ण सदस्य डेले अलीलाई गुमाउने भएको छ । सिजनको तीन खेलमा बाँकी छँदा अली तीन खेलका लागि प्रतिबन्धित भएका हुन् । सोमबार वेस्ट ब्रोम आल्बियोनसँग १–१ को बराबरी खेल्दा उनले प्रतिद्वन्द्वी खेलाडी क्लाउडियो याकोबको पेटमा मुक्का हिर्काएका थिए । २६ औं मिनेटमा भएको उक्त घटनालाई मैदानमा रहेका रेफ्रीले नदेखे पनि पछि क्यामारामा उक्त घटना भेटिएको थियो । त्यसपछि घटनालाई फुटबल एसोसिएनको स्वतन्त्र मण्डलले अध्ययन गरेको थियो । अध्ययन पश्चात अलीमाथि हिंस्रक व्यवहार देखाएकोमा कारवाही गरेको हो । २० वर्षीय अलीले प्रतिबन्ध धेरै भएको भन्दै प्रतिवाद गरेको तर त्यसलाई खारेज गरिएको पनि एफएले जानकारी दिएको छ । आइतबार मात्र प्रोफेसनल फुटबलर्स एसोसिएसनले उनलाई वर्षको उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका थिए । टोटनहमका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आफूले उक्त घटना नदेखेपनि विपक्षी खेलाडीहरुले प्रायः भड्काउने गरेको बताए । अलीलाई गुमाउनु टोटनहमका लागि ठूलो घाटा हुनेछ । हालसम्म टोलीका लागि १० गोल गरेका अली र ह्यारी केनबीचको तालमेल राम्रो देखिएको थियो । तीन खेल बाँकी छँदा टोटनहम शीर्ष स्थानमा रहेको लेस्टरसिटीसँग ७ अंकले पछि परेको छ । आइतबार युनाइटेडबिरुद्ध जित निकाले लेस्टर प्रिमियर लिग च्याम्पियन बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण