मलेसियाबाट फर्के २ हजार ६ सय अवैधानिक नेपाली कामदार
क्वालालम्पुर – मलेसियाबाट २ हजार ६ सय नेपाली कामदार घर फर्किएका छन् । थ्रि प्लस वान भोल्युन्टरी कार्यक्रममा आत्मसर्मपण गरि उनिहरु घर फर्किएको जनाइएको छ । अबैधानिक कामदारको हैसियतमा रहेकाहरु अध्यागमन बिभागमा आत्मसर्मपण गरि नेपाल फर्किएको यहांका उपगृहमन्त्रि दातुक नुर जजलानलाई उद्धृत गर्दै द सन डेलीले खबर छापेको छ ।
मलेसिया सरकारले अबैधानिक आप्रवासी कामदारका लागी अहिले २ ओटा अवसर दिएको छ । त्यसमध्य एउटा अबसर आत्मसर्मपण गरि आफ्नो मुलुक फर्किनु पर्ने हो भने अर्काे अबसर, पुनः बैधानिक बन्नु पर्ने हो । नेपाली कामदारसँगै विभिन्न मुलुकका गरि ४० हजार अवैधानिक आप्रवासीले यसपटक आत्मसर्मपण गरी आ आफ्नो मुलुक फर्किएका छन् । घर फर्किनेमा ईण्डोनेसियन २० हजार ,म्यानमारी ४ हजार ९ सय, बंगलादेशी ३ हजार ९ सय र भारतीय २ हजार ७ सय लगाएत रहेका छन् । गत फेब्रुअरी १५ तारिखदेखि मलेसियामा शुरु भएको रिहायरिंग कार्यक्रममा सहभागी बन्न नचाहनेहरु आ–आफ्नो मुलुक फर्किएका हुन् । रिहायरिंग कार्यक्रम सँगसँगै मलेसियाले अबैधानिक कामदार माथीको धरपकट पनि जारी राखेको छ । रिहायरिंग कार्यक्रमको प्रक्रियामा अहिले सम्म ५० हजार मात्र आएको बिभिन्न सञ्चारस्रोतले जनाएका छन् । यो कार्यक्रम आगामी जुन महिनाको मशान्तसम्म जारी रहने छ ।मलेसियामा रहेका लाखौ अबैधानिक कामदारलाई बैधानिक बनाउन जारी राखीएको रिहायरिंग कार्यक्रम पनि सन्तोषजनक रहेको बताईएको छ ।
मलेसियाले छिट्टै आप्रवासी कामदार ल्याउने
मलेसियाले अब छिट्टै आप्रवासी कामदार ल्याउने भएको छ । गत फेब्रुअरी महिनाको मध्य तीर यहांको सरकारले आप्रवासी कामदार तत्काल नल्याउने भनी घोषणा गरेको थियो । मलेसियामा पछिल्लो समय कामदारको ब्यापक अभाब हुन थालेपछि सरकारले आप्रवासी कामदार ल्याउने मनस्थिती बनाएको हो । मलेसिया रिटेल चेन एसोसियसनको कार्यक्रममा बोल्दै उपप्रधान तथा गृहमन्त्रि दातुक सेरी जाहीद हमादीले अब छिट्टै आप्रवासी कामदार ल्याइने बताएको मलेसियन पत्रपत्रिकाले खबर छापेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण