संसद् नियमावलीमा सहमति जुटाउन सभामुख सक्रिय : देउवा भेट्न बूढानीलकण्ठ पुगिन्
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीबीच संसद नियमावली पारित गर्न सहमति जुटाउने सम्बन्धमा छलफल भएको छ ।
सभापति देउवा निवास बूढानीलकण्ठमा आज सभापति देउवा र सभामुख घर्तीबीच संसद् नियमावली पारित गर्न सहमति जुटाउने विषयमा छलफल भएको भेटमा सहभागी काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।
नयाँ संविधानअनुसार संसद् नियमावलीअन्तर्गत रहने संसदीय सुनुवाइ विशेष समितिको संरचनाका बारेमा निक्र्योल हुन नसक्दा संवैधानिक निकायको नियुक्तिमा समेत कठिनाइ उत्पन्न भएको छ ।
भेटमा काँग्रेसले नयाँ संविधानका सबै संरचना निर्माण नहुन्जेलसम्म सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्का अन्य समिति झैँ संसदीय विशेष सुनुवाइ समिति पनि स्वतः व्यवस्थापिका–संसद्को समितिमा परिणत हुनुपर्ने तर्क गरेको थियो ।
सभामुख घर्तीले संसद् नियमावली पारित गर्ने सम्बन्धमा ठूला दलका शीर्ष नेताहरुले शीघ्र सहमतिका लागि आग्रह गरेकी थिइन् । सभामुख घर्तीले यही वैशाख २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र त्यसको कार्यतालिका बनाउनुपर्ने भएकाले सहमतिका लागि पहल गर्न सभापति देउवालाई आग्रह गर्नुभएको प्रमुख सचेतक श्रेष्ठले बताए ।
संसदीय सुनुवाइ विशेष समितिका सम्बन्धमा काँग्रेसलगायत साना दलले हाल कायम समितिलाई यथावत् राख्नुपर्ने अडान राखेका छन् भने सत्तारुढ दलहरुले नयाँ संविधानअनुसार छरितो समिति गठन हुनुपर्ने अडान राख्दै आएका छन् ।
संसद् नियमावलीमा सहमतिका लागि पहल गर्न सभामुख घर्तीले यसअघि बिहीबार प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गरी पहल गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण