बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

संविधान संशोधन गर्न सकिन्छ : मन्त्री राई

शुक्रबार, १७ वैशाख २०७३, १० : ४३
शुक्रबार, १७ वैशाख २०७३

काठमाडौँ - सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउने बताएका छन् ।

बेलायती सर्वोच्च युद्ध पदक (भिसी) विजेता एक मात्र जीवित व्यक्तित्व रामबहादुर लिम्बूको जीवनीमा आधारित ‘द जेन्टल वारेयर’ नामक वृत्तचित्र प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै उनले जनताको संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै अब सम्पूर्ण राजनीतिक दलहरूको एक मात्र सवाल ‘देश विकास’ हुनुपर्ने बताए ।

“संविधान एकपटक बनाएपछि सधैँका लागि भन्ने हुँदैन, त्यसलाई संशोधन गर्न सकिन्छ, त्यसैले मधेसी समुदाय तथा अन्य समुदायको अधिकारलाई सहमति र संवादका आधारमा संशोधनमार्फत समावेश गर्न सकिन्छ” – सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले भने।

नेपालकै स्रोत–साधनको प्रयोग गरी आत्मनिर्भर हुँदै वैदेशिक रोजगारीका लागि विदेश गएका युवालाई समेत स्वदेशमै रोजगारीको व्यवस्थाको सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

उनले आगामी २०७३/७४ को बजेटलाई जनमुखी र नतिजामुखी बनाउने तयारी भइरहेको बताए । ४५ मिनेटको वृत्तचित्रमा भिसी लिम्बूको सैनिक र पारिवारिक जीवनलाई समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप