द्वन्द्वकालिन मुद्दाबारे एमालेसँग निर्णायक वार्ता गर्ने एमाओवादी निर्णय
ललितपुर – द्वन्द्वकालीन मुद्दाका विषयलाई लिएर सरकारको नेतृत्व गरेको नेकपा एमाले र एमाओवादीबीच खटपट सुरु भएको छ । द्वन्द्वकालिन मुद्दामा एमाले गम्भीर नभएको आरोप लगाउँदै एमाओवादीले यसविषयमा एमाले नेतृत्वसँग निर्णायक छलफल गर्ने भएको छ । आज एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले द्वन्द्वकालीन मुद्दामा एमाले गम्भीर नभएको निश्कर्ष निकाल्दै एमालेसँग निर्णायक वार्ता गर्ने निर्णय गरिएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । क्रान्तिकारी पत्रकार संघ ललितपुरको दोस्रो जिल्ला सम्मेलनलाई शुक्रबार सम्बोधन श्रेष्ठले भने, ‘द्वन्द्वकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट मात्रै हेरिनुपर्छ, द्वन्द्वकालीन मुद्दामा अनेक बखेडा सिर्जना गरिनु ठीक होइन’, उनले भने, ‘सबै जनयुद्धकालीन मुद्दामा आममाफीको व्यवस्था हुनुपर्छ, यस विषयमा एमाले नेतृत्वसँग आजैदेखि निर्णायक छलफल गर्छौं ।’ राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायालयले द्वन्द्वकालीन मुद्दाहरुलाई उल्ट्याउन खोजिरहेको भन्दै उनले त्यो शान्तिसम्झौताविरुद्व भएको बताए । श्रेष्ठले एमाले द्वन्द्वकालीन मुद्दामा गम्मीर नभए सत्ता गठबन्धनमै संकट आउन सक्ने चेतावनी समेत दिए । एमाओवादीले एमालेसँग गर्ने निर्णायक वार्ताको एजेण्डा द्धन्द्धकालीन मुद्दालाई आयोगमार्फत हेरिनुपर्ने, आममाफीको व्यवस्था हुनुपर्ने, बहिर्गमनमा मरेका लडाकूलाई उचित राहतको व्यवस्था गरिनुपर्ने, द्वन्द्वको क्रममा मारिएका तथा वेपत्ता पारिएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, भूकम्पपछिको पुर्ननिर्माण कार्यलाई तीब्रता दिइनुपर्नेलगायतका रहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण