बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

वैद्य बिनानै पार्टी एकता हुन्छ : नारायणकाजी

शुक्रबार, १७ वैशाख २०७३, १९ : ४१
शुक्रबार, १७ वैशाख २०७३

काठमाडौं  – एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै क्रान्तिकारी पाटीहरुबीचको एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । सबै क्रान्तिकारी पार्टीहरुबीचको एकताको लागि एमाओवादीले पहल गरिरहेको भएपनि त्यसले मूर्तरुप लिन नसकेको भन्दै उनले पछिल्लो समय नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष बाहेकका नेताहरु एमाओवादीमा आउन लागेको बताए ।

क्रान्तिकारी पत्रकार संघ ललितपुरको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, चाँडैनै क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यजीबाहेकका साथीहरुसँग पार्टी एकता हुँदैछ । सो पार्टीका केन्द्रीय समितिमा घनिभूत छलफल भइरहेको छ । उहाँहरुले बैठकबाट निर्णय गर्दासाथ एकता हुन्छ ।’ वैद्यप्रति संकेत गर्दै उनले क्रान्तिकारी शक्तिहरुबीचको एकताका लागि उचित चिन्तनको जरुरी रहेको समेत बताए । क्रान्तिकारी माओवादीसँगको एकतालगत्तै मणि थापा नेतृत्वको माओवादी तथा विप्वल माओवादीका प्रभावशाली नेताहरु तथा अन्य क्रान्तिकारी नेताहरुलाई पनि पार्टीमा गोलबद्ध पार्न एमाओवादी क्रियाशिल रहेको उनले जानकारी दिए । उनले अहिले जे जति परिवर्तन भएका छन् ति सबै एमाओवादीकै एजेण्डाको बलमा भएको दाबी गर्दै अब संविधानलाई कार्यान्वयन गर्दै क्रान्तिका बाँकी कार्यभारलाई पूरा गर्नु रहेको बताए । सो अवसरमा उनले एमाओवादीको नेतृत्व पनि सच्चिन जरुरी रहेको भन्दै नेतृत्व नसच्चिए पार्टी बिग्रन सक्ने खतरा औंल्याए । सो अवसरमा एमाओवादी पोलिटब्यूरो सदस्य लिलामणि पोख्रेल, सांसद योगेन्द्र घिसिङ, एमाओवादी जिल्ला अध्यक्ष योगेन्द्र घिसिङ, नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मालगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए । सम्मेलनबाट आजै नयाँ कार्यसमितिको चयन गरिने संघका अध्यक्ष ज्ञानेन्द्र पौडेलले जानकारी दिए । रातोपाटीका प्रधानसम्पादक सहित ४ सञ्चारकर्मी सम्मानित सो अवसरमा जनपक्षीय पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै रातोपाटीका प्रधानसम्पादक ओम शर्मा र नेपाल पत्रकार महासंघका उपाध्यक्षतथा समावेशी मासिकका सम्पादक खिलबहादुर भण्डारीलाई सम्मान गरिएको थियो भने पत्रकार लेखनाथ न्यौपानेलाई मिलन नेपाली पत्रकारिता पुरस्कार तथा बलराम तिमल्सिनालाई कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप