नक्कली डाक्टरपछि नक्कली ईन्जिनियरको जालो : आधा दर्जन बढी पक्राउ
शुक्रबार, १७ वैशाख २०७३, १५ : ५६
काठमाडौं – नेपाल प्रहरीले अपरेसन क्वाक चलाएर एक दर्जन भन्दा बढी नक्कली डाक्टरहरु समातेको एक महिना पनि नबित्दै अहिले नक्कली इन्जिनियरहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
गत मंगलबारबाट प्रहरीले शुरु गरेको प्रहरीले शुक्रबारसम्म आधा दर्जनभन्दा बढी नक्कली इन्जिनियरहरुलाई पक्राउ गरेको छ । शुक्रबार ललितपुरबाट थप दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोरखा घर भएका २९ वर्षीय सन्देश घिमिरे तथा गोरखाकै श्रीराम आचार्य रहेका छन् ।
ललितपुरको गाबहालस्थित कम्प्यूटर डिजाईनर कार्यालयमा छापा मारी कम्प्यूटर लगायतका उपकरणहरु तथा सरकारी छाप सहित नक्कली ईन्जिनियरिङको प्रमाण पत्र र परिषदमा दर्ता गर्न चाहिने अन्य कागजातहरु सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका नक्कली ईन्जिनियरहरुलाई थप अनुसन्धानको लागी म।न।प्र। परिसर ललितपुर पठाईएको तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यसअघि वैशाख १४ गते उपत्यकाका बिभिन्न स्थानहरुबाट केही नक्कली इन्जिनियर तथा नक्कली प्रमाणपत्र बनाउने केही व्यक्तिलाई पक्राउ गरेको थियो । त्यसपछि थप अनुसन्धान गर्ने क्रममा वैशाख १५ गते थप ४ जना र वैशाख १६ गते थप १ जना पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण