ट्याक्सी धुँदा करेन्ट लागेर मृत्यु
शुक्रबार, १७ वैशाख २०७३, १६ : ०८
ललितपुर – ट्याक्सी धुने क्रममा माटरमा करेन्ट सर्ट हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर उपमहानगरपालिका–९ बालकुमारीस्थित वासिङ्ग सेन्टरमा बा.१ ज ३५१० नम्बरको ट्याक्सी धुने क्रममा शुक्रबार अचानक पानी मोटरमा करेन्ट सर्ट भएको थियो ।
करेन्ट लागेर वासिङ्ग सेन्टरमा काम गर्ने कामदार मोरङ्ग बिराटनगरका ३४ वर्षीय दिलिप तामाङ्ग घाइते भएका थिए । उनलाई तत्कालै उपचारको लागि बि.एण्ड बि. अस्पतालतर्फ लगिए पनि बाटोमै उनको मृत्यु भएको छ ।
घटनामा घाइते भएका उक्त ट्याक्सीका चालक बालकुमारी बस्ने बारा डुम्वरवाना–१५ का ३४ वर्षीय खेनमसिंह पाख्रिनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण