बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको एप : अव मोवाइलमा हुनेछ काठमाडौंको ट्राफिक व्यवस्थाको जानकारी

शुक्रबार, १७ वैशाख २०७३, १९ : १५
शुक्रबार, १७ वैशाख २०७३

काठमाडौं–देशभरको ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले ट्राफिक मोबाइल एप्लिकेशन संचालनमा ल्याउने भएको छ । आउँदो वैशाख २० गते प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालबाट उक्त ट्राफिक मोबाइल एप्लिकेशन शुभारम्भ हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अब उक्त एप्सबाट ट्राफिक सम्बन्धी हुने गतिविधिहरु सबै घरमै बसी–बसी हेर्न सकिनेछ । नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा हुने उक्त कार्यक्रममा उच्च तहका प्रहरी अधिकृतहरुको बाक्लो उपस्थिति रहने बताइएको छ । यी काम हुन्छ उक्त एप्सबाट १. ट्राफिक सम्बन्धी सम्पूर्ण जानकारी घर, अफिस, बाटो तपाईं जहाँ हुनुहुन्छ त्यही उपलब्ध हुन्छ । २. तपाईं बाहिर निस्कदैं हुनुहुन्छ ? कहाँ–कहाँ ट्राफिक जाम छ/छैन कहाँ डाइभर्सन छ/छैन त्यो सबै थाहा पाउन सक्नुहुनेछ । ३. तपाईंले देखेका, भोगेका अन्य ट्राफिक सम्बन्धी सूचनाहरु तस्बिरसहित ट्राफिक प्रहरीलाई पठाउन सक्नुहुनेछ । ४. ट्राफिक सम्बन्धी जानकारी हिजो के भयो ? आज के हुँदैछ ? थाहा पाउन सक्नुहुनेछ । ५. अहिले भइरहेको ट्राफिक गतिविधि, सूचना, दुर्घटना, घटनाबारे तपाईंको मोबाइलमा तत्कालै नोटिफिकेशन पाउनुहुनेछ । ६. तपाईंले ट्राफिक नियम मिच्नुभयो ? अब कस्तो सजाय हुन्छ ? कति जरिवानामा पर्नुभयो तुरुन्तै थाहा पाउन सक्नुहुनेछ । ७. तपाईंलाई ट्राफिक प्रहरीसँग सम्पर्क गर्नु परेमा नजिककोे ट्राफिक प्रहरीको नाम र नम्बर थाहा पाउन सक्नुहुनेछ । ८. नेपाल भरीमा विभिन्न स्थानमा यात्रा गर्दा लाग्ने भाडाको विवरण थाहा पाउन सक्नुहुनेछ । ९. ट्राफिक संकेत चिन्ह तथा लिखित परीक्षाको नमूना प्रश्नपत्र साथै ट्राफिक जनचेतनाको लागि सम्पूर्ण जानकारी पाउन सक्नुहुनेछ । १०. मोटरसाइकल वा अन्य सवारी साधन हराएमा वा फेला परेकोसूचना तुरुन्त थाहापाउन सक्नुहुनेछ । ११. सार्वजनिक सवारी साधनले बढी भाडा लिएमा वा दुव्र्यवहार गरेमा तुरुन्तै गाडी भित्रैबाट गोप्यसूचना पठाउन सक्नुहुनेछ । १२. ट्राफिकसँग सम्बन्धित जनचेतनामूलक भिडियो, गीत तथा अन्य गतिविधिबारे डकुमेन्ट्री र तस्बिरहरु हेर्न सक्नुहुनेछ । १३. मेट्रो ट्राफिक एफएम ९५.६ सुन्नसक्नुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप