बसको ठक्करबाट बालिकाको मृत्यु
शुक्रबार, १७ वैशाख २०७३, १६ : २६
इनरुवा– पूर्व–पश्चिम लोकमार्गआन्तर्गत सुनसरीको हरिपुर गाविस–१ स्थित चोकमा आज दिउँसो बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको ना५ख ४०६४ नंको बसले ठक्कर दिँदा श्रीपुर–२ का मिथु खेरवारको १० वर्षीया छोरी पुष्पाको ज्यान गएको हो । सडकको छेउमा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको पप्पु यादवले जानकारी दिए ।
बस प्रहरीको नियन्त्रणमा छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण