रसुवागढी नाका बन्द गराउने चार धर्नाकारी पक्राउ
धुन्चे– बिहीबारदेखि बन्द रहेको नेपाल–चीनबीच रसुवागढीको अन्तर्राष्ट्रिय नाका बन्द गराउने धर्नाकारीमध्ये आज चारजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलका सुरक्षा निकायले चारजनालाई नियन्त्रणमा लिई सडक अवरोध गर्ने अन्य धर्नाकारीलाई हटाउने कार्य सुरु गरिसकेकाले आजैबाट यातायात सञ्चालन गराउने बताए ।
पहिलो चरणमा विनम्रतापूर्वक सम्झाइ सडकमा नबस्न आग्रह गर्ने र आग्रह गर्दागर्दै पनि अटेर गरेमा बल प्रयोगसमेत हुन सक्नेसमेत बताउँदै सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख दर्शन गिरीले सुरक्षा निकायमा स्थानीय प्रशासनबाट यथेष्ट आदेश प्राप्त भइसकेकाले थप सुरक्षा बलसमेत सीमा क्षेत्रमा खटाइसकेको जानकारी दिए ।
सरकारी र सार्वजनिक जग्गामा सुक्खा बन्दरगाह बनाउनुपर्ने माग राख्दै स्थानीय टिमुरेवासीले चौबीसैघन्टा सडकमा धर्ना दिएपछि यातायातका साधन आवतजावतमा ठप्प भई दैनिक रु एक करोड राजस्व घाटा परिरहेको रसुवा भन्सार कार्यालय, टिमुरेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण