हिमालय फाइनान्स : पीडितले भुक्तानी पाउने
काठमाडौँ–निक्षेप तथा कर्जा सुरक्षण निगमले खारेजीमा परेको हिमालयन फाइनान्सको कर्जाको सुरक्षण गरिएको जनाएको छ ।
कुल एक हजार ८४३ जनाको कर्जा सुरक्षाका लागि निगमका तर्फबाट महाप्रबन्धक डा दण्डपाणि पौडेल, लिक्विडेट सिए सुजनकुमार काफ्ले र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाबीच त्रिपक्षीय करारनामा सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौतापछि सर्वसाधारणको रु एघार करोड ४० लाख चार हजार क्षतिपूर्ति प्रदान गर्ने कार्य सुरु भएको महाप्रबन्धक पौडेलले जानकारी दिए ।
सम्झौतापछि आमनागरिकमा बैंक तथा वित्तीय संस्था खारेजी वा विघटन भएको अवस्थामा कर्जा फिर्ता पाइन्छ भन्ने विश्वास बढ्नुका साथै वित्तीय क्षेत्रमा उत्पन्न हुने जोखिमको समयमै सम्बोधन गरी मुलुकमा वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने निगमको भनाइ छ । केन्द्रीय बैंकबाट इजाजत प्राप्त उक्त फाइनान्स समस्याग्रस्त घोषणा भई सुधार हुन नसक्ने अवस्थामा पुगेको थियो । पुनरावेदन अदालत पाटनले समेत सबै निक्षेपकर्तालाई दामासाहीमा जाने निर्णयसहित लिक्विडेटर नियुक्त गर्न मार्ग प्रशस्त गरिसकेको थियो ।
निक्षेपकर्तालाई भुक्तानी दिन एजेन्ट बैंकका रुपमा सिटिजन्स बैंकलाई छनोट गरिएको निगमले जनाएको छ । निगमले हालसम्म १५० बैंक तथा वित्तीय संस्थाका एक करोड ३० लाख निक्षेपकर्ताको रु तीन खर्ब १९ अर्ब निक्षेप रकम सुरक्षण गरेको छ ।
बैंक, वित्तीय संस्थाको बचत तथा मुद्दती खातामा रहेको रु दुई लाखसम्मको निक्षेप सुरक्षण गर्ने, सम्बन्धित बैंक वा संस्था खारेजी भएमा त्यस्ता निक्षेपकर्तालाई निगमले क्षतिपूर्ति दिने व्यवस्था गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण