हराएको एक हप्तापछि युवा मृत भेटिए
शुक्रबार, १७ वैशाख २०७३, १६ : ५०
सल्यान – सल्यानमा एक युवक हराएको एकहप्ता पछि मृत फेला परेका छन् । सल्यान कालिमाटी रामपुर गाउँ विकास समिति वडा नं. २ बस्ने अन्दाजी ३२ वर्षका लोक बहादुर वली जंगलमा मृत अवस्थामा फेला परेका हुन् ।
गाउँ नजिकैको मजगैया जंगलमा बिहिबार वलीको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ । गाई चराउन गएका स्थानीयले वलीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वैशाख ११ गतेदेखि घरबाट सम्पर्क बिहिन भएका वली १६ गते दिउसो जंगलमा फेला परेका हुन् ।
मृतक वलीको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ । वली छारे (मृर्गी) रोगी भएका उनको बाटोमा मृत्यु भएको उनसक्ने उनका आफन्त गंगाराम वलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण