क्रान्तिकारी पत्रकार संघ ललितपुरको नयाँ कार्यसमिति चयन
शुक्रबार, १७ वैशाख २०७३, १७ : १२
काठमाडौं–क्रान्तिकारी पत्रकार संघ, ललितपुर नेपालको दोस्रो सम्मेलन सम्पन्न भएको छ । ललितपुरस्थित नेपाल बार एसोसियशनको हलमा एमाओवादी उपाध्यक्ष नारायाण काजी श्रेष्ठको प्रमुख आतिथ्यमा दोस्रो सम्मेलन नयाँ कार्य समितिसहित सम्पन्न भएको हो ।
उक्त सम्मेलनले रामहरी कार्कीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा अर्जुन पन्त, श्याम तान्डुकार, सचिवमा विमल श्रेष्ठ, सह–सचिवमा विजय खड्का, कोषध्यक्षमा निर्जना भट्ट र सदस्यहरुमा गोपाल आलेमगर, अम्बर परियार, रत्नमणी दाहाल, चन्द्रकान्त न्यौपाने, फातिमा बानु, र शिव ढकाल रहेका छन् ।
त्यस्तै सम्मेलनले क्रान्तिकारी पत्रकार संघ नेपालको निकट भविष्यमै हुने केन्द्रीय अधिवेशनको लागि ४७ जना केन्द्रीय पार्षद चयन गरेको छ ।
सो अवसरमा एमाओवादी उपाध्यक्ष नारायण काजी श्रेष्ठ, एमाओवादी पोलिटब्यूरो सदस्य लिलामणि पोख्रेल, सांसद योगेन्द्र घिसिङ, एमाओवादी जिल्ला अध्यक्ष योगेन्द्र घिसिङ, नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मालगायतले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना पनि दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण