आगो निभाउने क्रममा एकको मृत्यु
शुक्रबार, १७ वैशाख २०७३, १७ : २०
गुल्मी– खरबारीमा लागेको आगो निभाउने क्रममा शुक्रबार गुल्मीको दोहोली गाविसमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा दोहोली गाविस–१ निवासी ५५ वर्षीय तुल्सीबहादुर लामा रहेको स्थानीयवासी टोपलाल अर्यालले जानकारी दिए ।
दोहोली–५ स्थित सौतेगौँडामा लागेको आगो निभाउने क्रममा लामाको घटनास्थलमै ज्यान गएको हो ।
आगलागीमा परी स्थानीयवासी लोकबहादुर गुरुङ र मीनबहादुर लामा घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम तम्घासमा ल्याइपु¥याइएको छ । घाइते गुरुङको अवस्था चिन्ताजनक रहेको छ । यसअघि पनि सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक युवकको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण