मृत भेटिए गुरुङ, अनुसन्धान हुन बाँकी
शुक्रबार, १७ वैशाख २०७३, १७ : २५
पोखरा – पोखरा–१७ विरौटा निवासी ४८ वर्षीय हितकाजी गुरुङ शुक्रबार मृत फेला परेका छन् । बिहीवार साँझ पातले छाँगोबाट हाम फालेका उनी आज मृत फेला परेका हुन् ।
साँझ पख छागो छेउमा पुगेका उनी छाँगोको रेलिङ नाघेर हाम फालेको कास्की प्रहरीले जनाएको छ । हाम फाल्नुको कारण थाहा नभएको कास्की प्रहरी प्रवक्ता गज्जुसिद्धी बज्राचार्यले जानकारी दिएका छन् ।
उनको शव पश्चिम क्षेत्रीय प्रहरी गणको उद्दार टोलीले आज घटना स्थलबाट निकालेको हो । घटना स्थलमा भंगालो भएका कारण उद्दारमा कठिनाई हुँदा उनको शव निकाल्न बिहीबार कठिनाई भएको उद्दार टोलीले जानकारी दिएको छ ।
उनको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता बज्राचार्यले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण