बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एमालेको दृढताले संविधान जारी भयो : महासचिव पोखरेल

शुक्रबार, १७ वैशाख २०७३, १७ : ३१
शुक्रबार, १७ वैशाख २०७३

भद्रपुर– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टी दृढतापूर्वक एकताबद्ध भएर उभिएकाले नयाँ संविधान जारी भएको बताएका छन् ।

नेकपा एमाले भद्रपुर विशेष नगर इलाका कमिटीद्वारा भद्रपुर नगरपालिकाको एसपी मोडस्थित निर्माण गर्न लागिएको द्रोणाचार्य स्मृति भवनको आज शिलान्यास गर्दै उनले नेकपा एमाले राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको दावी गरे ।

नेता पोखरेलले संविधान जारी हुनुभन्दा पहिले चार राजनीतिक दलका बीचमा भएको भद्र सहमति तोडिनु दुःख लाग्दो हो भन्दै संविधानलाई कार्यान्वयन गर्न र मुलुकको असहजतालाई हटाउन राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नरहेको विचार व्यक्त गरे ।

उनले नेकपा एमालेको नेतृत्वमा बनेको सरकारलाई ढाल्ने प्रयास भइरहेको बताउँदै वर्तमान सरकारले वैशाख २३ गते नीति तथा कार्यक्रम घोषणा गरी जेठ १५ गते राष्ट्रिय बजेट सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

आयोजक कमिटीका अध्यक्ष विनोद पोखरेल, नेपाली काँग्रेस झापा निर्वाचन क्षेत्र नं ३ का सभापति गणेश पोखरेल, देवेन्द्र आचार्यलगायतले संविधान कार्यान्वयनका लागि राजनीतिक दल एकताबद्ध भएर अगाढि बढ्नुपर्नेमा जोड दिएका थिए ।

महासचिव पोखरलेले नवनिर्माण हुने द्रोणचार्य स्मृति भवनका लागि रु एक लाख सहयोग गर्ने घोषणा पनि गरे । उक्त भवन निर्माणमा रु ४६ लाख ३९ हजार खर्च हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप